७ वैशाख २०८१ शुक्रबार
खेल

भूटानविरुद्ध नेपालको सानदार जीत

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकूद (साग) अन्तर्गत पुरुष फुटबलको स्वर्ण पदक नेपालले जितेको छ। नेपालले भूटानलाई २–१ गोल अन्तरले पराजित गर्दै स्वर्ण पदक हात पारेको हो। घरेलु दर्शक सामू नेपाली खेलाडीहरुले दर्शनीय र निकै प्रतिस्पर्धात्मक खेल पस्किएकाा थिए। भूटान पनि खेलमा आक्रमक देखिएको थियो। पराजित भूटान रजत पदक मै सीमित भएको छ। जारी सागमा भूटानले जितेको यो सातौं रजत पदक हो। जारी सागमा नेपालको स्वर्ण पदक ५१ पुगेको छ।

साग फुटबलमा अहिलेसम्म नेपालले जितेको यो चौथो स्वर्ण हो। खेलमा नेपालका लागि अभिषेक रिजाल र सुनिल बलले गोल गरे। भूटानका लागि भने चेन्चो ग्याल्सेनले गोल गरेका थिए। 
नेपालका अभिषेक रिजालले १६ औं मिनेटमा सुरुवाती अग्रता दिलाएका थिए। त्यस्तै भूटानका चेन्चो ग्याल्सेनले ३७ औ मिनेटमा बराबरी गोल गरेका हुन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलको ३२ औं मिनेटमा नेपालका खेलाडी सुमन अर्यालले पहेलो कार्ड पाएका थिए। ३२ औ मिनेटमा पाएको फ्रिकिकलाई भुटानले सदुपयोग गर्न सकेन। पहिलो हाफमा खेलमा भुटान आक्रमक देखियो। 
दोस्रो हाफमा भने नेपाल हावी भयो खेलको ५३ औं मिनेटमा नेपालले अर्को गोल थप्यो। नेपालका सुनिल बलले हेड मार्फत सान्दार गोल गरे। लगतै अभिषेक रिजालले ५७ औं मिनेटमा पाएको अवसारलाई गोलमा परिणत गर्न सकेनन्। खेलको अन्त्यमा भूटानले पाएको अवसर सदुपयोग गर्न सकेन

सागको इतिहासमा भुटन पहिलो पटक फाइनल खेलेको हो भने नेपाल पाचौं पटक फाइनल पुगेको हो। यसअघि समूह चरणबाट बाहिरिने भुटान यसपटक नेपाल बाहेक सबै राष्ट्रलाई हराउँदै फाईनल पुग्ने  टोली बनेको थियो। 
पहिलो खेलमा नेपालले भुटानलाई ४–० गोल अन्तरले हराएको थियो। दोस्रो खेलमा श्रीलंकासँग १–१ को बराबरी खेलेको नेपालले तेस्रो खेलमा माल्दिभ्सलाई २–१ गोल अन्तरले हराएको थियो। अन्तिम खेलमा नेपालले बंगलादेशलाई १–० ले हराएको थियो। नेपाल १० अंक सहित फाइनलमा प्रवेश गरेको थियो। 

यता भूटान भने पहिलो खेलमा बंगलादेशलाई १–० गोलले पराजित गरेको थियो। दोस्रो खेलमा नेपालसंग ४ गोलले पराजित भएको भूटान तेस्रो खेलमा माल्दिभ्सलाई २–१ गोल अन्तर पराजित गर्यो। लिगको अन्तिम खेलमा श्रीलंकालाई ३–१ गोल अन्तर गर्दै ९ अंक सहित भूटान फाइनलको यात्रा तय गरेको थियो।

सागको पुरुष फुटबलको उपाधि पाकिस्तानले ४ पटक तथा भारतले समान ३ पटक  जितेका छन्। यस्तै बंगलादशले २ पटक उपाधि हात पार्दा भुटान, बंगलादेश र माल्दिभ्स उपाधि विहीन छन्। यसअघि नेपालले सन् १९८४, १९९३ र २०१६ मा साग फुटबलको उपाधी जितेको थियो। १९१९ को सागमा उपाधि जितेसंगै नेपालले पाकिस्तानसंग उपाधी बराबरी गरेको छ। नेपालले लगातार दोस्रो पटक साग फुटबलमा स्वर्ण जितेको हो।

नेपालको सरुवाती प्लेइङ सेटमा विकेश कुथु,अनन्त तामाङ, विकास खवास, सुमन अर्याल, बिक्रम लामा, मिक्चेन तामाङ, अविशेक रिजाल, सुनिल बल, तेज तामाङ, नितिन थापा, सुजल श्रेष्ठ रहेका थिए। स्वर्ण पदक दिलाउने नेपालका मुख्य प्रशिक्षक बालगोपाल महर्जन हुन्। 

प्रकाशित: २४ मंसिर २०७६ ११:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App