९ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

महिला भलिबलमा नेपाल भारतसंग पराजित

काठमाडौं– १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपाली महिला भलिबल टोली भारतसंग पराजित भएको छ।

त्रिपुरेश्वरस्थित कवर्डहलमा भएको खेलमा नेपाल तीन शुन्यको सोझो सेटमा पराजित भएको हो। निकै प्रतिस्पर्धी बनेको पहिलो सेटपछि दोस्रो र तेस्रोमा भने नेपाल कमजोर देखियो।

नेपालले पहिलो सेट २४–२६ गुमाएको थियो। त्यस्तै दोस्रो सेट भने १२–२५ ले गुमायो। दोस्रो सेटमा लय गुमाएपछि नेपाल खेलमा फर्किन सकेन। र तेस्रो सेटमा २५–१६ ले पराजित भयो।

समुह ए मा नेपाल र भारतले एक–एक वटा खेल जितेका छन्। सागमा नेपालको भारतसंग तेस्रो भेट हो। तीनै भेटमा नेपाली महिला भलिबल टोली पराजित भएको छ।

१३ औं सागको पहिलो खेल बंगलादेशलाई नेपालले तीन शुन्यको सोझो सेटमा पराजित गरेको थियो। बुधबार बंगलादेशविरुद्ध नेपालले २५–९, २५–९ र २५–११ को सहज जीत दर्ता गराएको थियो। 

समुह ‘ए’ नेपालसंगै भारत र बंगलादेश छन् भने समुह ‘बि’मा पाकिस्त माल्दिभ्स र श्रीलंका छन्। भुटानले भलिबलमा सहभागिता छैन।

नेपालकी कप्तान अरुणा शाहीले यस पटक घरेलु मैदानमा स्वर्ण पदक जित्दै इतिहास रच्ने लक्ष्यमा रहेको बउँछिन्। समुह ‘बि’ मा माल्दिभ्सको तीन अंक रहकोे छ।

पाकिस्तानले वाकओभर दिएपछि माल्दिभ्सलाई अघिल्लो चरण प्रवेशमा सहज भएको हो। भोली हुने भारत र बंगलादेशबीचको खेलले नेपालको सेमिफाइनल यात्रा निर्धारण गर्ने छ।

प्रकाशित: १२ मंसिर २०७६ १३:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App