३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
खेल

लिभरपुललाई सिजनको पहिलो उपाधि

इस्तानबुल – गोलकिपर एड्रियानले लगातार दोस्रो खेलमा उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएपछि लिभरपुलले सिजनको पहिलो उपाधि पक्का गरेको छ। बुधबार भएको युइएफए सुपर कपमा लिभरपुलले चेल्सीमाथि पेनाल्टी सुटआउटमा ५–४ को जित हात पारेको हो। नियमित गोलकिपर एलिसन चोटका कारण इङ्लिस प्रिमियर लिगको पहिलो खेलमा मैदानबाट बाहिरिएपछि क्लबमा भित्रिएको २४ घण्टा नबित्लै एड्रियानले लिभरपुलको पोस्टको जिम्मेवारी पाएका थिए।

निर्धारित र अतिरिक्त समयको खेल २–२ को बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा धकेलिएको थियो, जहाँ लिभरपुलका पाँचवटै प्रहार गोलमा परिणत भएका थिए। चेल्सीका ट्यामी अब्राहमको पाँचौं प्रहार रोक्दै एड्रियानले योर्गान क्लोपको टोलीका लागि उपाधि पक्का गरेका थिए।

‘लिभरपुलमा स्वागत छ। यो साता हाम्रा लागि यादगार रह्यो। म टोलीका लागि सन्तुष्ट छु। म समर्थकलाई धन्यवाद दिन चाहान्छु,’ १० दिनअघि मात्र टोलीमा अनुबन्धिन भएका एड्रियानले भने। लिभरपुलको यो चौथो सुपर कप उपाधि हो। लिभरपुलले पछिल्लो पटक २००५ मा सुपर कपको उपाधि जितेको थियो। सोही वर्ष लिभरपुलल इस्तानबुलमै च्याम्पियन्स लिगको समेत उपाधि जितेको थियो।

‘दुवै टोलीका लागि खेल कठिन थियो। तर जितको विकल्प थिएन। जहाँ हामी सफल भयौं,’ क्लोपले भने। यसअघि ओलिभर जिरौडले गरेको गोलमा चेल्सीले अग्रता लिए पनि साडियो मानेले लिभरपुललाई खेलमा फर्काएका थिए। निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। ९५औं मिनेटमा मानेले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई उपाधिको संघारमा पु¥याएका थिए। तर १ सय १औं मिनेटमा जर्जिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई खेलमा फर्काएका थिए। एड्रियानले अब्राहममाथि खराब फाउल गरेपछि चेल्सीले खेलमा फर्कने अवसर पाएको थियो।

चेल्सीका फ्रांक लाम्पार्डका लागि भने लगातार दोस्रो खेलमा सुखद नतिजा ल्याउन सकेन। लाम्पार्डको प्रशिक्षणको पहिलो खेलमा चेल्सीले इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड ४–० को नतिजा सुम्पिएको थियो। लाम्पार्डले यसअघि चेल्सीमै खेलाडी जीवन बिताउँदा पनि दुई पटक सुपर कपको फाइनलमा निराश भएका थिए।
‘खेल हार्नु पक्कै दुखद हो तर हामीले सुधारिएको प्रदर्शन गरेका छांै, जुन आगमी दिनका लागि सुखद संकेत हो,’लाम्पार्डले भने। चेल्सीका ट्यामी अब्राहमको पाँचौं प्रहार रोक्दै एड्रियानले योर्गान क्लोपको टोलीका लागि उपाधि पक्का गरेका थिए।

 

प्रकाशित: ३१ श्रावण २०७६ ०२:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App