३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
राजनीति

विकास निर्माणका विषयमा प्रधानमन्त्री ओली छलफलमा

मुलुकको विकास निर्माणको कार्ययोजना लगायतमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक बोलाएका छन्। लामो समयदेखि बस्न नसकेको बैठकलाई प्रधानमन्त्री ओलीले सक्रिय बनाएका हुन्।

बैठक केहीबेरअघि सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा जारी बैठकमा सबै मन्त्री, योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव र सचिवहरू सहभागी छन्।

बैठकमा विकास निर्माणको प्रगति र आगामी कार्ययोजनाका विषयमा समीक्षा भइरहेको छ। समितिको बैठक यसअघि गत चैतमा बसेको थियो।  

प्रकाशित: ३० कार्तिक २०८१ १२:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App