३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

श्रीलंकाको आम निर्वाचनमा राष्ट्रपति दिसानायके नेतृत्वको सत्तारुढ गठबन्धनको शानदार जित

श्रीलंकामा भएको संसदीय निर्वाचनमा राष्ट्रपति अनुराकुमारा दिसानायके नेतृत्वको सत्तारुढ गठबन्धन राष्ट्रिय जनशक्ति ९एनपीपी०ले शानदार जित हासिल गरेको छ।  

मार्क्सवादी विचारधारमा झुकाव राख्ने दिसानायकेको एनपीपी गठबन्धन १३७ सीटमा विजयी भएको हो। निर्वाचन आयोगले जारी गरेको नतिजाअनुसार दिसानायकेको एनपीपी विपक्षी गठबन्धन समगी जन बलवेगया (एसजेबी) भन्दा धेरै अगाडि छ।  

२२५ सदस्यीय संसदमा एनपीपीले १३७ सिटमा जित दर्ता गरेको छ। पूर्व राष्ट्रपति रणसिंघे प्रेमदासका छोरा सजित प्रेमदासको नेतृत्वमा रहेको विपक्षी गठबन्धन एसबीजेले ३५ सिट जितेको छ। 

तमिल जातीय अल्पसंख्यकको प्रतिनिधित्व गर्ने इलान्काई तमिल अरासु काच्चीले ६ सिट, न्यू डेमोक्रेटिक फ्रन्ट र श्रीलंका पोदुजाना पेरामुनाले क्रमश तीन र दुई सिटमा जित निकालेका छन्।  

निर्वाचन आयोगका अनुसार, बिहीबार भएको चुनावमा लगभग ६५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ। राष्ट्रपति चुनाव भने लगभग ८० प्रतिशत मतदान भएको थियो।  

लामो समयदेखि आर्थिक संकटको सामना गरिरहेको  श्रीलंकाले पूराना दलहरुलाई पाखा लगाउँदै वैकल्पिक शक्तिका रुपमा दिसानायकेलाई राष्ट्रपतिमा जिताएका थिए।

दिसानायकेको गठबन्धनसँग निवर्तमान संसदमा जम्मा तीनवटा सिट मात्रै थिए। त्यही भएर राष्ट्रपति दिसानायकेले नयाँ जनादेशको खोजीमा तत्काल संसदीय चुनावको घोषणा गरेका थिए।  

श्रीलंकामा पछिल्लो पटक सन् २०२० को अगस्टमा संसदीय निर्वाचन भएको थियो। राष्ट्रपति दिसानायकेका लागि यो निर्वाचनमा बहुमत ल्याउनु निकै महत्वपूर्ण थियो। राष्ट्रपति दिसानायकेले संसदबाट अनुमोदन गरेपछि मात्र आफ्ना महत्वपूर्ण नीतिहरू कार्यान्वयन गर्न सक्नेछन्।

प्रकाशित: ३० कार्तिक २०८१ १२:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App