२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

मालिङ्गाको बलिङप्रेरित श्रीलंकाको रोमाञ्चक जित

लिड्स – लासिथ मालिङ्गाको उत्कृष्ट बलिङप्रेरित श्रीलंकाले घरेलु टोली इङ्ल्यान्डलाई हराउँदै जारी विश्वकप क्रिकेटमा दोस्रो जित निकालेको छ। लिड्समा शुक्रबार भएको आफ्नो छैटौं खेलमा बलियो टोली इङ्ल्यान्डलाई २० रनले हराउँदै श्रीलंका जारी विश्वकपको अंकतालिकामा ६ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ। यसअघि कमजोर टोली अफगानिस्तानविरुद्ध जित निकालेको श्रीलंका बलियो इङ्ल्यान्डविरुद्ध पनि सफलता कोर्न सफल भयो।

यसअघि न्युजिल्यान्ड र अस्ट्रेलियाविरुद्ध हार बेहोरेको श्रीलंकाले पाकिस्तान र बंगलादेशसँगको खेलमा भने वर्षाका कारण अंक बाँडेको थियो। तर, शुक्रबार इङ्ल्यान्डलाई स्तब्ध बनाउँदै श्रीलंकाले विश्वकपको सेमिफाइनलमा पुग्ने आशा जगाएको छ। बलरको उत्कृष्ट प्रदर्शनप्रेरित श्रीलंकाले आपैmँले प्रस्तुत गरेको २ सय ३३ रनको मध्यम लक्ष्य तीन ओभर आगावै रक्षा ग-यो।

मालिङ्गाले ४ विकेट तथा धनन्जय डी सिल्भाले ३ विकेट, इसुरु उडानाले दुई र नुवान प्रदीपले एक विकेट लिएपछि इङ्ल्यान्डको टोली ४७ ओभरमा २ सय १२ रनमै समेटियो। इङ्ल्यान्डका लागि बेन स्टोक्स ८२ रनमा अविजित रहे पनि आफ्नो टोलीलाई जित दिलाउन असफल भए। ८९ बलमा आक्रामक ब्याटिङ गरेका स्टोक्सले ७ चौका र ४ छक्का प्रहा गरे। त्यस्तै जो रुटले ५७ रन र कप्तान इयान मोर्गनले २१ रन बनाउनु बाहेक अन्य कुनै पनि इङ्लिस ब्याट्सम्यानले उल्लेखनीय ब्याटिङ गर्न सकेनन्। मालिङ्गाले पहिलो ओभरको दोस्रो बलमै जोनी बेयरस्टोलाई बिना रन एलबिडब्लु आउट गर्दै श्रीलंकाको बलिङ उत्कृष्ट रहने संकेत दिएका थिए। सातौं ओभरको अन्तिम ओभरमा पनि मालिङ्गाले जेम्स भिन्सलाई १४ रनमै दोस्रो विकेटको रूपमा आउट गरे।

त्यसपछि उनले रुट र जस बटलर जस्ता महŒवपूर्ण ब्याट्सम्यानलाई आउट गर्दै आफ्नो टोलीका लागि जितका आधार कोरेका थिए। १० ओभरमा किफायती बलिङ गर्दै १ मेडनसहित ४३ रन खर्चिएका मालिङ्गा म्यान अफ दी म्याच घोषित भए।  यस अघि टस जित्दै ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदा २ सय ३२ रनको सामान्य योगफल तयार पारेको थियो। श्रीलंकाका एन्जेलो म्याथ्युज ८५ रनमा नटआउट रहँदा थप दुई ब्याट्सम्यान मात्र अर्धशतकनजिक पुगेका थिए।

१ सय १५ बल खेलेका म्याथ्युजले ५ चौका र १ छक्का प्रहार गरेका थिए। दोस्रो ओभरको अन्तिम बलमा मात्र १ रन जोड्दा कप्तान तथा ओपनर दिमुथ करुनारत्नेलाई गुमाएको श्रीलंकाले थप २ रन जोड्दा अर्का ओपनर कुशल परेरालाई पनि गुमाएपछि ३–२ को नाजुक स्थितिमा आएको थियो। करुनारत्नेलाई इङ्ल्यान्डका तीव्र गतिका बलर जोफ्रा आर्चरले विकेटकिपर जस बट्लरबाट क्याच आउट गराउँदा परेरालाई क्रिस वोक्सले मोइन अलिबाट क्याच गराए। जारी विश्वकपमा पहिलो पटक टोलीमा अवसर पाएका अभिस्का फर्नान्डो र कुशल मेन्डिसले तेस्रो विकेटका लागि ५९ रनको साझेदारी गर्दै श्रीलंकाको इनिङ उकास्ने प्रयास गरे।

फर्नान्डोले ३९ बलमा ६ चौका र २ छक्का मद्दतमा ४९ रनको योगदान गर्दा कुशलले ६८ बलमा २ चौकाबाट ४६ रन जोडे। पाँचौं विकेटका लागि म्याथ्युजले धनञ्जय डी सिल्भासँग ७१ रनको साझेदारीका साथ इनिङ उकास्ने प्रयास गरे। तर, ४४औं ओभरको तेस्रो बलमा डी सिल्भालाई जोफ्रा आर्चरले जो रुटबाट क्याच गराएपछि भने श्रीलंका पूर्णरूपमा प-यो। श्रीलंकाले थप ३० रन जोड्दा बाँकी ३ विकेट गुमाएको थियो। इङल्यान्डका आर्चर र उडले समान ३ तथा एडिल रासिदले २ विकेट लिए।  यता हारसँगै इङ्ल्यान्ड ६ खेलमा चार जित र दुई हारसँगै ८ अंकसहित तेस्रो स्थानमे छ। इङ्ल्यान्डले यस अघिको पहिलो हार पाकिस्तानसँग बेहोरेको थियो।

१० ओभरमा १ मेडनसहित ४३ रन खर्चिएर चार विकेट लिएका मालिङ्गा म्यान अफ दी म्याच घोषित भए। उनले जोनी बेयरस्टो, जेम्स भिन्स, जस बटलर र जो रुट जस्ता महŒवपूर्ण ब्याट्सम्यानलाई आउट गर्दै श्रीलंकाको जितको आधार कोरेका थिए।

 

 

 

 

 

प्रकाशित: ७ असार २०७६ ०५:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App