१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

च्यासल युवा क्लब सेमिफाइनलमा

नुवाकोट - बट्टारमा जारी दोस्रो नुवाकोट गोल्डकप फुटबलमा सोमबार च्यासल युवा क्लब सेमिफाइनल पुगेको छ । सहिद स्मारक लिग च्याम्पियन मनाङ मस्र्याङ्दीलाई २–० ले हराउँदै च्यासलले सेमिफाइनलमा स्थान बनाएको हो।च्यासलले सुरुदेखि नै आत्मविश्वासका साथ खेल प्रदर्शन गरेको थियो ।तर, पहिलो हाफमा दुवैतर्फबाट गोल हुन सकेन।खेलको ५७औं मिनेटमा मिलन राईले अफसाइड ट्य्राप बिट गर्दै उत्कृष्ट हेडरबाट गोल गरेर च्यासललाई अग्रता दिलाएका थिए।

६५औं मिनेटमा सवि गुरुङले उत्कृष्ट फिनिसका साथ गोल गरेपछि च्यासलले सेमिफाइनल स्थान पक्का गरेको थियो।खेलाडीहरूबीच राम्रो सहकार्य बन्न नसक्दा मनाङ मस्र्याङ्दीले च्यासललाई नतिजा सुम्पिएको थियो।च्यासलका गुरुङ म्यान अफ दी म्याच घोषित हुँदा १० हजार रुपैयाँ हात पारे ।

जिल्ला खेलकुद विकास समिति र नुवाकोट जिल्ला फुटबल संघको आयोजना र विदुर नगरपालिकाको संयोजनमा भइरहेको प्रतियोगिताअन्तर्गत मंगलबार पहिलो सेमिफाइनल नुवाकोट–११ र नेपाल पुलिस क्लबबीच हुनेछ।आगामी जेठ ३१ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
फोटो ः मनाङ मस्र्याङ्दी (हरियो) र च्यासल युवा क्लबका खेलाडी प्रतिस्पर्धा गर्दै ।

प्रकाशित: २८ जेष्ठ २०७६ ०३:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App