मड्रिड– यस सिजनको च्याम्पियन्स लिगको उपाधि जित्न टोटेनह्याम र लिभरपुल स्पेनको सहर मड्रिडमा एकअर्काविरुद्ध चुनौती प्रस्तुत गर्दै छन्।
यी इङ्लिस टोलीले यस सिजनको उपाधि जित्नका केही स्टारको प्रदर्शनमा पनि निर्भर रहन्छ। टोटेनह्यामले लुकास मौरा र लिभरपुलले डिभोक ओरिगीको यादगार प्रदर्शनबाट आफ्नो टोलीलाई उपहारको रूपमा उपाधि दिलाउन सक्नेछन्। शनिबार स्पेनिस सहरमा यी लुकास र डिभोकको प्रदर्शन र निर्णायक गोलले इङ्लिस क्लबले सफलता चुम्न सक्छन्।
यिनै दुईको मद्दतले इङ्लिस टोलीले युरोपका महारथीलाई पाखा लगाउँदै फाइनलमा समेत स्थान बनाएका थिए। यद्यपि, वान्डा मेट्रोपोलिटानो स्टेडियममा शनिबार लुकास र डिभोकले फाइनल खेल्ने अवसर नपाउन पनि सक्छन्। टोटेनह्यामका ह्यारी केन र लिभरपुलका मोहम्मद सालाह चोटबाट फर्किएको अवस्थामा दुवै जना फरक टोलीबाट मैदानबाहिर रहन सक्ने सम्भावना पनि छ।
टोटेनह्यामका प्रशिक्षक माउरिसियो पोचेटिनोलाई इनफर्म मौरा वा चोटबाट भर्खरै फर्केका केनमध्ये कसलाई जिम्मेवारी दिने भन्ने द्विविधा पनि हुनेछ। यता, लिभरपुलका प्रशिक्षक योर्गान क्लोपलाई पनि ओरिगीलाई अवसर दिने की पुरानै अट्याकिङ स्टार सालाहलाई प्रयोग गर्ने भन्ने समस्या पनि हुन सक्छ। केनले लिगामेन्टमा चोट बोकेपछि च्याम्पियन्स लिगको पहिलो क्वार्टरफाइनल लेगदेखि नै ब्राजिलियन मौराले अवसर पाएका थिए।
त्यसबीच मौराले अवसर पनि अवसरको सदुपयोग गर्दै टोटेनह्यामलाई ऐतिहासिक सफलतातर्फ डो-याउन सफल भए। मौराले ह्याट्रिक गरेपछि पहिलो लेगमा पछि परेको टोटेनह्यामले आयाक्समाथि समग्रमा ३–२ को जित निकाल्दै फाइनलको यात्रा तय गरेको थियो। इङ्लिस क्लबले घरेलु मैदानमा भएको पहिलो खेल १–० ले गुमाए पनि मौराले यादगार प्रदर्शनको प्रेरणाबाट उत्कृष्ट पुनरागमन ग-यो।
यसअघि सन् २०१८ मा पेरिस सेन्ट जर्मेनबाट खेलेका मौराले गत डिसेम्बरमा समूह चरणको अन्तिम खेलमा बार्सिलोनाविरुद्ध अन्तिम समय गोल गर्दै इङ्लिस टोलीलाई नकआउट चरणको यात्रा तय गराएका थिए। यता मौराले आफ्नो जीवनको खेल करियरमा च्याम्पियन्स लिग खेल्ने सपना रहेको बताएका छन्। ओरिगीले पनि सालाहको स्थानमा अवसर पाउँदा आफूलाई सदुपयोग गरेका छन्।
प्रिमियर लिगमा ओरिगीले न्युक्यासलविरुद्ध पनि निर्णायक गोल गरेका थिए। च्याम्पियन्स लिगको सेमिफाइलअन्तर्गत बार्सिलोनासँगको दोस्रो लेगमा पनि ओरिगीले दुई गोल गरेपछि उनीमाथि विश्वास झनै बढिरहेको छ। उनको प्रेरणाबाट लिभरपुलले पछि परेको स्थितिमा उपाधि यात्रा तय गर्न सफल भएको थियो।
टोटेनह्यामका प्रशिक्षक पोचेटिनोले चोटबाट भर्खर मुक्त केनलाई कम समय खेलाउँदै सबै क्षेत्रमा जिम्मेवारी लिन सक्ने भर्सटाइल मौराले फाइनलमा प्रयोग गर्न सक्ने सम्भावना बढी नै छ। यता, लिभरपुलबाट पनि सालाहले कम समय मैदानमा बिताउन सक्नेछन्। गत वर्षको पनि फाइनलमा रियाल मड्रिडसँग ३–१ को बेहोर्दा सालाहले ३० मिनेट मात्र मैदानमा बिताएका थिए।
यस पटक ओरिगीले सालाह र साडियो मानेसँगै पनि आक्रामण पंक्ति समाल्ने सक्ने सम्भावना रहेको छ। यस्तो स्थितिमा ब्राजिलका रोबर्टो फिर्मिनोले मैदानबाहिर नै बिताउनेछन्। यद्यपि, पोचेटिनो र क्लोपलाई मौरा र ओरिगीका बारे फाइनल अघि नै अन्तिम निर्णय लिनुपर्ने जरुरी हुनेछ।
टोटेनह्यामका ह्यारी केन र लिभरपुलका मोहम्मद सालाह चोटबाट फर्किएको अवस्थामा मौरा र ओरिगी फरक टोलीबाट मैदानबाहिर रहन सक्ने सम्भावना पनि छ।
प्रकाशित: १८ जेष्ठ २०७६ ०८:५४ शनिबार