१५ चैत्र २०८० बिहीबार
खेल

आइपीएल खेलेर फर्किए सन्दीप

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने १२औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल) खेलेर स्वदेश फर्किएका छन्। आइपीएलमा दिल्ली क्यापिटल्सबाट ६ खेल खेलेका सन्दीपले ८ विकेट लिएका थिए। उनी आइतबार साँझ दिल्लीबाट काठमाडौं आएका हुन्।

आइपीएलको दोस्रो क्वालिफायरमा शुक्रबार चेन्नईसँग पराजित हुँदै दिल्ली प्रतियोगिताबाट बाहिरिएपछि सन्दीप स्वदेश फर्किएका हुन्। यद्यपि सन्दीपले सो खेलमा मौका पाएका थिएनन्। टोलीलाई ब्याटिङको आवश्यकता परेकोले आफूले सम्पूर्ण खेलमा मौका नपाएको सन्दीपको भनाई थियो।

प्रधानमन्त्री कप नखेल्ने

यसैबीच सन्दीपले पत्रकारहरुसँगको कुराकानीमा अर्को महिना राष्ट्रिय खेलकुद परिषदको आयोजनामा हुने प्रधानमन्त्री कप क्रिकेट नखेल्ने जानकारी दिएका छन्। परिवारलाई समय दिन र आरामका लागि प्रधानमन्त्री कप नखेल्ने उनको भनाई छ। प्रधानमन्त्री कप जेठ १ देखि ७ वटा प्रदेश र ३ विभागीय टोलीको सहभागितामा सञ्चालन हुने कार्यतालिका छ।

प्रकाशित: २९ वैशाख २०७६ १३:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App