७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
खेल

पारसको वरीयतामा फड्को

काठमाडौं – केही हप्ताअगाडि मात्र संयुक्त अरब इमिरेट्स (युएई) हराएर नेपाललाई दुई ऐतिहासिक शृंखला दिलाएका कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले जारी गरेको ब्याटिङ र अलराउन्डरको वरीयतामा फड्को मारेका छन्।

आइसिसीले सोमबार जारी गरेका ट्वान्टी–२० क्रिकेटको अलराउन्डमा ४०औं स्थानमा रहेका पारस ब्याटिङमा भने ९०औं स्थानमा छन्। अलराउन्डरमा पाकिस्तानका इमाद वासिमसँग समान ७६ रेटिङ स्कोर भए पनि पारस एक स्थान तल छन्। त्यसअघि ३७औं स्थानमा वेस्ट इन्डिजका आन्द्रे रसेल र भारतका रोहित शर्मा ३८औं स्थानमा छन्। नेपालकै सोमपाल कामी अलराउन्डमा ५१औं स्थानमा छन्। 

इङ्ल्यान्डकै आक्रामक ब्याट्सम्यान बेन स्टोक्स सोमपालभन्दा एक स्थान माथि छन्। ब्याटिङतर्फ  पारसभन्दा पछाडि भारतका दिनेश कार्तिक, श्रीलंकाका उपुल थरंगा र वेस्ट इन्डिजका निकोलस पोरनजस्ता हिटर छन्। बलिङतर्फको वरीयतामा नेपालका दुई बलर सोमपाल कामी र वसन्त रेग्मीले क्रमशः ७०औं र ७१औं स्थान ओगेटेका छन्। यसअघि ९२औं स्थानमा रहेका सोमपालले २२औं स्थान सुधार गरेका हुन्।

व्यावसायिक क्रिकेटमा सफल मानिएका नेपाली युवा स्पिनर सन्दीप लामिछाने १ सय ५९औं स्थानमा छन्। एसोसिएट राष्ट्रमध्ये सबैभन्दामाथि युएईका साइमन अनवर १५औं स्थानमा छन्। नेपालविरुद्धको ट्वान्टी–२० क्रिकेट शृंखलामा एक अर्धशतकसहित १ सय ३ रन बनाएका अनवरले करियरकै उत्कृष्ट वरीयता प्राप्त गरेका हुन्। 

शृंखलामा युएईकै कप्तान मोहम्मद नाविद बलिङतर्फ १२ औं स्थानमा छन्। ट्वान्टी–२० क्रिकेट वरीयताको शीर्षमा अफगानिस्तानका रसिद खान, दोस्रोमा भारतका कुलदीप यादव, पाकिस्तानका साडब खान र इमाद वासिम क्रमशः तेस्रो र चौथो स्थानमा छन्। अलराउन्डको शीर्ष तीनमा क्रमशः अस्ट्रेलियाका ग्लेन म्याक्सवेल, बंगलादेशका सकिब अल हसन र अफगानिस्तानका मोहम्मद नाविद छन्। 

प्रकाशित: २९ माघ २०७५ ०१:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App