२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

बाँसबारी क्लबलाई स्पार्क हेल्थको साथ

काठमाडौं – सहिद स्मारक ‘बी’ डिभिजन लिगको बाँसबारी क्लबलाई स्पार्क हेल्थ होम हस्पिटलले साथ दिने भएको छ। मंगलबार बाँसबारी क्लबका अध्यक्ष प्रेम थापा र स्पार्क हेल्थ होम हस्पिटलका तर्फबाट मेडिकल निर्देशक रूपेश अधिकारीले प्रायोजन सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।

सम्झौताअनुसार हस्पिटलले क्लबलाई नगद र सामग्री गरी ८ लाख रुपैयाँ बराबरको प्रायोजन गर्ने भएको छ। स्पार्क हेल्थ होम हस्पिटलका प्रतिनिधि सुनिलकुमार पौडेलले स्थापना कालदेखि नै आफूहरु खेलकुदसँग जोडिँदै काम गरेको बताए।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले ‘बी’ डिभिजन लिगको क्लबले पनि साथ पाएकोमा खुसी लागेको पत्रकार सम्मेलनमा बताए।

बाँसबारी क्लबका अध्यक्ष थापाले निजी क्षेत्रबाट पाएको साथ सहयोगले हौसला मिलेको बताए। ‘ए’ डिभिजन लिग जस्तै ‘बी’ डिभिजन लिगमा पनि रेलिगेसन नहुने प्रावधान राखिएको छ।

प्रकाशित: १६ माघ २०७५ ००:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App