५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

न्युजिल्यान्डको सामान्य सुरुआत

आबुधाबी – कप्तान केन विलियम्सनको अर्धशतकप्रेरित न्युजिल्यान्डले सोमबार पाकिस्तानविरुद्धको दोस्रो टेस्टमा सामान्य सुरुआत गरेको छ। पहिलो दिनको समाप्तिमा न्युजिल्यान्ड २२९–७ मा खेलिरहेको छ। विकेटकिपर विजे वाट्लिङ अविजित ४२ र विलियम सोभरभिल्ले अविजित १२  रनमा खेलिरहेका छन्। १ सय ८० बल खेलेका वाट्लिङले २ चौका प्रहार गरे।

टस जितेर ब्याटिङ रोजेको न्युजिल्यान्डले २४ रन जोड्दा ओपनर टम लाथमलाई  पहिलो विकेटका रूपमा गुमाएको थियो। ४ रन जोडेका लाथमलाई साहिन शाह अफ्रिदीले एलबिडब्लुको सिकार बनाएका थिए। दोस्रो विकेटका लागि विलियम्सनले अर्का ओपनर जित रावलसँग ४६ रनको  साझेदारी गर्दै न्युजिल्यान्डनको  इनिङ उकास्ने प्रयास गरेका थिए। तर रावललाई स्पिनर यासिर शाहले एलबिडब्लुको सिकार बनाउँदा न्युजिल्यान्डले दोस्रो विकेट गुमायो।

८२ बल खेलेका रावलले ४ चौकाको मद्दतमा ४५ रनको योगदान गरेका थिए। त्यसपछि ब्याटिङका लागि आएका अनुभवी ब्याट्सम्यान रस टेलर र हेनरिक निकोल्सन पनि सस्तोमा पवेलियन फर्किएपछि न्युजिल्यान्ड ७२–४ को कठिन स्थितिमा आएको थियो।

टेलर र निकोल्सनलाई यासिरले बोल्ड गरेका थिए। विलियम्सनले वाट्लिङसँग पाँचौं विकेटका लागि १ सय ४ रनको महत्वपूर्ण साझेदारी गर्दै न्युजिल्यान्डको इनिङ उकासेका थिए। १ सय ७६ बलको सामना गरेका विलियम्सनले ७ चौकाको मद्दतमा ८९ रनको योगदान गरे। त्यस्तै कोलिन डी ग्रान्डहोमले २२ बलमा १ चौका र १ छक्काको मद्दतमा २० रनको योगदान गरे।

पाकिस्तानका यासिरले ६२ रन खर्चंदै ३ विकेट लिँदा बिलाल आसिफले ५७ रन खर्चंदै २ विकेट लिए। त्यस्तै साहिन र हसन अलीले समान १ विकेट लिए।

प्रकाशित: १८ मंसिर २०७५ ०४:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App