२३ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

भारतलार्इ पराजित गर्दै पाकिस्तानको विजयी शुरुआत

काठमाडौं – राजधानीमा बिहीबार (आज) बाट सुरु भएको यु–१५ साफ च्याम्पियनसिप फुटबलको उद्घाटन खेलमा पाकिस्तानले विजयी सुरुवात गरेको छ।  अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा सम्पन्न खेलमा पाकिस्तानले भारतलाई २–१ गोलको अन्तरमा पराजित गरेको हो।

खेलको ३१औं मिनेटमा पाकिस्तानले अदनान जस्टिनको गोलबाट अग्रता लिएको थियो। खेलको ५३औं मिनेटमा भारतका थालाचुईले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। तर खेल सकिन ५ मिनेट बाँकी छँदा पाकिस्तानका वासिफले गोल गर्दै पाकिस्तानलाई जित दिलाए। मैदान छिरेको दोस्रो मिनेटमै उनले गोल गरेका थिए।

खेलमा पाकिस्तानले शुरुआतदेखिनै भारतमाथि दबाब सिर्जना गरेको थियो। जितसँगै समूह ‘बी’ मा पाकिस्तानले महत्वपूर्ण तीन अङ्क जोडेको छ। प्रतियोगिताअन्तर्गत आजै नेपाल र माल्दिभ्सबीच सोही मैदानमा ३ बजे खेल हुनेछ।

प्रकाशित: ८ कार्तिक २०७५ ०८:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App