९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
खेल

हारले लोउको भविष्य दुबिधामा

जर्मनीविरुद्ध गाेल गरेपछि नेदरल्यान्ड्सका फरवार्ड मेम्फिस डिपे। तस्बिर : एजेन्सी

बर्लिन - युइएफए नेसन्स लिगमा शनिबार विश्वविजेता जर्मनी नेदरल्यान्ड्ससँग पराजित हुँदा प्रशिक्षक जोचिम लोउको भविष्य दुबिधामा परेको छ।

शनिबार नेदरल्यान्डको घरेलु मैदानमा भएको खेलमा चार पटकको विश्वविजेता जर्मनी ३–० ले पराजित हुँदा प्रशिक्षक लोउको समयावधि दुबिधाको परेको हो।‘अहिलै समय आएको छैन,’ नेदरल्यान्ड्ससँग  पराजित भएपछिको पत्रकार सम्मलेनमा प्रशिक्षक लोउले । यो डच टोलीसँग जर्मनीको ठूलो पराजय हो।

नेदरल्यान्ड्सका कप्तान भिर्गिल भान डिज्कले घरेलु टोलीलाई पहिलो हाफमा गोल गर्दै अग्रता दिलाएका थिए । रायन बाबेलले गरेको हेड बल बारमा लागेर फर्किएपछि भिर्गिल भानले सदुपयोग गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा नेदरल्यान्ड्सविरुद्ध हाबी भएको जर्मनीले दोस्रो हाफमा पनि  सुधारिएको खेल प्रस्तुत गर्न सकेन । ८७औं मिनेटमा मेम्फिस डिपेले गोल गर्दै नेदरल्यान्ड्सका लागि अग्रता दोब्बर बनाएका थिए भने इन्जुरी समयमा जर्जिनिओ विज्नाल्डमले टोलीका लागि तेस्रो गोल गर्दै जित सुनिश्चित गरेका थिए । अन्तिम समयमा जर्मनी हाबी भए पनि गोल फर्काउन भने सकेन। 

रूसमा सम्पन्न विश्वकमा समूहचरणबाटै बाहिरिएको जर्मनी नेसन्स लिगमा पनि समूहको अन्तिम स्थानमा छ । रेलिगेसनबाट बच्न अब जर्मनीले दुई खेल जित्नै पर्नेछ ।

‘निकै लज्जास्पद हार भयो, पहिलो ३० मिनेट हामीले बलमा पकड जमाएका थियौं, तर त्यसपछिको समयमा हाम्रो तालमेल मिलेन,’ जर्मन राष्ट्रिय टोलीका लागि २०२२ सम्म अनुबन्धित प्रशिक्षक लोउले भने, ‘हामीले स्वाभाविक खेल देखाउन सकेनौं । यसको अर्थ हो, खेलाडीमा आत्मविश्वाको कमी भयो।’

जर्मनी ४–० ले पराजित हुने स्थितिमा पुगेको थियो । १० मिनेट बाँकी छँदा डिपेले प्रहार गरेको हेडबल माथिल्लो बारमा लागेर फर्कंदा जर्मनीका रक्षकले उत्कृष्ट बचाउ गरेका थिए। 

अब मंगलबार फ्रान्ससँग हुने खेलमा पनि लोउको टोली सुखद नतिजा निकाल्न असफल रहेमा जर्मनीले लगातार ६ खेलमा पराजय भोग्नेछ, जसको अर्थ प्रशिक्षक लोउलाई टाउको दुखाइ हुनेछ।

जर्मन फुटबल संघ (डिएफबी) सँग प्रशिक्षक लोउले २०२२ को विश्वकपसम्मका लागि नयाँ सम्झौता गरेका छन् ।
रूसमा सम्पन्न विश्वकमा समूहचरणबाटै बाहिरिएको जर्मनी नेसन्स लिगमा पनि समूहको अन्तिम स्थानमा छ । रेलिगेसनबाट बच्न अब जर्मनीले दुई खेल जित्नै पर्नेछ । जर्मनीले मंगलबार फ्रान्स  र नोभेम्बर १९ मा नेदरल्यान्ड्ससँग खेल्दै छ। 

यस्तै युइएफए नेसन्स लिगअन्तर्गत शनिबार राति नै भएको अर्को खेलमा बुल्गेरियाले साइप्रसलाई २–१ ले पराजित गरेको छ। साइप्रसले लिएको अग्रतालाई उल्टाउँदै बुल्गेरिया जित निकाल्न सफल भएको हो । ४१औं मिनेटमा जिरिगोरिस कास्टन्सले लिएको अग्रतालाई बुल्गेरियाका किरिल डेस्पोडोभले ५९औं मिनेटमा गोल गर्दै बराबरीमा ल्याएका थिए । त्यसको १० मिनेटपछि घरेलु टोली बुल्गेरियाका लागि डोडओर निदिलिभले गोल गर्दै अग्रता उल्टाएका थिए । बाँकी समयमा साइप्रसले खेलमा फर्कने प्रयास गरे पनि गोल गर्न सकेन र पराजित हुन पुग्यो।

यस्तै डेनमार्कलाई गोलरहित बराबरीमा रोक्दै गणतन्त्र आयरल्यान्डले नेसन्स लिगमा पहिलो अंक जोड्न सफल भएको छ । जेफ हेनड्रिकले सुरुमै पाएको गोलको सुनौलो अवसर खेर फाल्दा डेनमार्क अग्रता लिनबाट चुकेको थियो । इन्जुरी समयमा आयरल्यान्डका ह्यारी अर्थरको प्रयास असफल बनाउँदा डेनमार्क हार टार्न सफ भयो । तथापि अधिकांश समय बल नियन्त्रणमा राखेको डेनमार्कका पिओनी सिस्टोले पहिलो हाफको अन्तिममा गरेको प्रयास पनि सफल भएन।

प्रकाशित: २९ आश्विन २०७५ ०२:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App