१८ असार २०८१ मंगलबार
image/svg+xml
खेल

कुसुमकाे उत्कृष्ट प्रदर्शन, मंगोलियासंग अंकका आधारमा पराजित

काठमाडाैं - हंगेरीको बुडापेष्टमा जारी आईबा वर्ल्ड युथ उमन एन्ड मेन्स बक्सिङ्ग च्याम्पियनशिप २०१८ मा नेपालकी कुसुम तामाङ्ग अंकका आधारमा पराजित भएकी छिन्। तामाङ्ग मंगोलियाकी खेलाडी डेल्गेरखान्गाई खोन्गोर्जुल संग पुरै तीन राउण्डसम्म प्रतिष्पर्धात्मक खेल खेली अंकका आधारमा पराजित भएकी हुन्। खोन्गोर्जुल विश्व च्याम्पियनशिपमा कास्य पदक विजेता खेलाडी हुन् । 

खेल शुरु भएको पहिलो राउण्डको पाँच सेकेण्डमै प्रतिद्वन्दिमाथि दाया स्ट्रेट पन्च प्रहार गर्दै जाई लागेकी कुशुमले पहिलो राउण्डको पुरै तीन मिनेटसम्म मंगोलियन खेलाडीमाथि दबाब दिएकी थिईन। दोस्रो राउण्डको पहिलो २ मिनेटसम्म पनि विपक्षि माथि दबाब दिन सफल कुसुमले अन्तिम मिनेट देखि कमजोर स्टेमिना र स्पाईरिङ्ग अनुभवको कमीका कारण थाक्न पुग्दा विपक्षि खेलाडीलाई होल्डीङ्ग गर्न थालेकी थिईन। रेफ्रीले नसमात्ने ईसारा दिदा पनि थकित भएकी  कुसुमले विपक्षि खेलाडीलाई लाई होल्डीङ्ग गर्न थालेपछि उनको अंक घट्न गयो जसको फलस्वरुप नतिजा मंगोलियाको पोल्टामा परेको थियो। मंगोलियाले १४४ अंक जोड्दा नेपालले १३४ अंकमा चित्त बुझायो।

नक्साल बक्सिङ्ग क्लबमा १४ वर्षको उमेरदेखिनै बक्सिङ्ग शुरु गरेकी कुसुमले २०७१ सालमा भएको राष्ट्रियस्तरको नोभिस प्रतियोगितामा स्वर्ण, २०७४ मा झापामा भएको राखेप च्याम्पियनशिप अन्तर्गत राष्ट्रियस्तरमा स्वर्ण पदक प्राप्त गरेकि थिइन भने अन्य थुप्रै राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेकी तामाङ्गले ताईवानमा वर्ल्ड बक्सिङ्ग च्याम्पियनशिप, रुसमा जुनिएर एसिशन च्याम्पियनशिप र भारतको गुहाटिमा सन २०१७ नोभेम्बरमा सम्पन्न आईबा उमन्स वर्ल्ड बक्सिङ्ग च्याम्पियनशिपमा समेत सहभागिता जनाइ उत्कृष्ट खेल प्रदर्शन गरी सकेकी छन्।

संसारभरीका ६६ देशका ३६१ खेलाडीहरु र ५९३ अफिसियलहरुको सहभागितामा हंगेरीको बुडापेष्टमा अगस्त २१ देखि ३१ तारिख सम्म उक्त प्रतियोगिता सञ्चालन हुनेछ।

प्रकाशित: ७ भाद्र २०७५ १२:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App