९ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

भलिबल प्रशिक्षक कोर्स सकियो

राष्ट्रिय खेलकुद परिषद्का पूर्वउपाध्यक्ष पीताम्बर तिमिल्सिना एफआइभीका कोर्स डाइरेक्टर डच नागरिक लास डे डी जोङलाई लेभल टु कोचिङ कोर्सको समापनमा मायाको चिनो प्रदान गर्दै । तस्बिर सौजन्यः राखेप

काठमाडौं – राष्ट्रिय खेलको मान्यता पाएको भलिबलको प्रशिक्षक विशेष कोर्स शनिबार सम्पन्न भएको छ।

अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआइभी) को सहयोगमा सुरु लेभल टु प्रशिक्षण कोर्स पाँच दिनसम्म चलेको थियो । नेपालमा लेभल टु कोर्स गरेका प्रशिक्षक पाँच जना मात्र छन्।

कोर्समा नेपालबाट १६, भारतबाट २ र सिरियाबाट १ प्रशिक्षार्थी प्रशिक्षकको सहभागिता थियो । उनीहरूलाई एफआइभीका कोर्स डाइरेक्टर डच नागरिक लास डे डी जोङ र प्रशिक्षक दामिर कोलोले प्रशिक्षित गरेका थिए। 

प्रकाशित: २७ श्रावण २०७५ ०३:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App