काठमाडौं – नेदरल्याण्ड्समा जारी ऐतिहासिक एकदिवसीय क्रिकेट प्रतियोगितामा नेदरल्याण्ड्सविरुद्ध बलिङ गरिरहेको नेपालले चौंथो विकेट हात पारेको छ।
आमस्टेल्भिन स्टेडियममा जारी खेलमा नेदरल्याण्ड्सले ७३ रन जोड्दा ४ विकेट गुमाएको छ। नेपाललाई चौंथो विकेट कप्तान पारसले दिलाएका छन्। उनले नेदरल्याण्ड्सका वेस्ले बरेसीलाई १६.१ ओभरमा क्याट आउट गराए।
पारसले गरेको बलिङमा आरिफ शेखले क्याच गरेपछि बरेसी २२ बलमा १ चौंकाको सहायतामा १२ रन बनाउदै पभेलियन फर्किए। यसअघि पारसले दोस्रो विकेटका रुपमा ब्रेन कुपरलाई एलबिडब्लु आउट गराएका थिए।
नेपालका लागि अन्य २ विकेट सोमपाल कामी र सन्दिप लामिछानेले लिए। नेदरल्याण्ड्ससँग नेपालले अब अर्काे खेल पनि खेल्नेछ। नेपालका बलर शक्ति गाैचनले नेदरल्याण्ड्ससँगकाे अर्काे खेलबाट अन्तिम अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिदै छन्।
प्रकाशित: १६ श्रावण २०७५ १०:२४ बुधबार