रूस – विश्वकप फुटबलकाे समूह ‘इ’ मा बुधबार एकै समयमा हुने अर्को खेलमा स्विट्जरल्यान्ड र कोस्टारिका आमने सामने हुँदै छन्।
पहिलो खेलमा ब्राजिललाई १–१ को बराबरीमा रोकेको स्विट्जरल्यान्डले दोस्रो खेलमा सर्बियालाई २–१ ले पराजित गर्दै अघिल्लो चरण प्रवेश गर्ने सम्भावना बलियो पारेको थियो । कोस्टारिकासँग बराबरी मात्र खेले पनि स्विट्जरल्यान्ड अघिल्लो चरण प्रवेश गर्नेछ।
यता लगातार दुई हारपछि प्रतियोगिताबाट बाहिरिसकेको कोस्टा रिका सान्त्वना जितका साथ रूस यात्राको सुखद अन्त्य गर्ने योजनामा हुनेछ। पहिलो खेलमा सर्बियालाई नतिजा सुम्पिएको कोस्टा रिका दोस्रो खेलको इन्जुरी समयमा सम्हालिन नसक्दा ब्राजिलसँग पराजित भएको थियो।
प्रकाशित: १३ असार २०७५ १७:०५ बुधबार