२४ पुस २०८२ बिहीबार
image/svg+xml
खेल

लालीगुराँसले चित्लाङलाई ३-०ले हरायो

एन्फा प्रेसिडेन्ट लिग फुटबल अन्तर्गत आज विजय स्पोर्टस क्लब र जन जागृति युवा क्लबले बराबरी खेलेका छन् भने लालीगुराँसले चित्लाङलाई ३-० ले हराएको छ ।  

विजय स्पोर्ट्स क्लब र  जन जागृति युवा क्लबको बिचको पहिलो खेल १–१ गोलको बराबरी सकियो । खेलको ४१ औ मिनेटमा अरुण थापाको गोलमा विजयले अग्रता लिएको थियो । जन जागृतिका हरिहर बुढा मगरले इन्जुरी समयमा गोल गरे । सो बापत उनी प्लेयर अफ द म्याच समेत घोषित भए ।  

अर्को खेलमा लाली गुराँस स्पोर्ट्स एसोसिएसनले चित्लाङ फुटबल क्लबलाई ३–० ले हरायो । लाली गुराँसका लागि लच्छु थापा, आशिष गुरुङ र सुलेमान थापा मगरले गोल गरे । लच्छु सो खेलको प्लेयर अफ द म्याच घोषित भए ।  

२ मङ्सिरसम्म हेटौडामा आयोजना हुने लिगमा १० टोलीको सहभागिता छ  । सहभागी टोलीमा गाईघाट फुटबल क्लब, देउराली यूथ क्लब, नव जागृति क्लब, चित्लाङ फुटबल क्लब, टाइगर्स टिम टिकालाथाल, जन जागृति युवा क्लब,काँक्रेविहार यूथ क्लब, विजय स्पोर्ट्स क्लब,हैरान्स क्लब र लाली गुराँस एसोसिएसन क्लब छन् ।  

लिग कम नकआउटको आधारमा सञ्चालन हुने सो प्रतियोगितामा विजेता टोलीले १० लाख रुपैयाँ पुरस्कार पाउने छ । उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छ ।  

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । दुवै समूहमा शीर्ष दुई स्थान पाउने टोली सेमिफाइनल प्रवेश गर्ने छन् । सेमिफाइनल प्रवेश गर्ने टोलीले राष्ट्रिय लिगमा प्रवेश पाउने छन् । राष्ट्रिय लिग पुस महिनामा हुनेछ ।

प्रकाशित: २५ कार्तिक २०८२ २१:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App