१ श्रावण २०८२ बिहीबार
image/svg+xml
खेल

तारकेश्वरद्वारा खेलकर्मी सम्मानित

तारकेश्वर नगरपालिकाले १४औं राष्ट्रपति रनिङ शिल्डमा राम्रो प्रदर्शन गर्ने आफ्ना नगरभित्रका खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको छ।

टुसाल मल्टिभेन्युमा आयोजित एक कार्यक्रमका अवसरमा नगरपालिकाले खेलाडी र प्रशिक्षक गरी कुल १४३ जनालाई नगद र सम्मानपत्रसहित सम्मान गरेको हो। गत १४औं राष्ट्रपति रनिङ शिल्ड काठमाडौं जिल्लास्तरीय प्रतियोगितामा तारकेश्वरका खेलाडीहरूले ३९ स्वर्ण, २५ रजत र १९ कांस्य पदक गरी कुल ८३ पदक जितेको तारकेश्वर नगर खेलकुद विकास समितिका अध्यक्ष एवम् काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीले जानकारी दिए।

सोही सफलता दिलाउने खेलाडी र प्रशिक्षकलाई तारकेश्वर नगरपालिकाले नगदसहित सम्मान गरेको हो। स्वर्ण विजेताले पाँच हजार, रजत विजेताले तीन हजार र कांस्य पदक विजेताले दुई हजार रूपैयाँ पुरस्कार पाए।

साथै उनीहरूका प्रशिक्षकलाई भने नगद चार हजार रूपैयाँसहित सम्मान गरिएको नगर प्रवक्ता तथा वडा–२ का अध्यक्ष राधाकृष्ण खड्गीले जानकारी दिए। उनीहरूलाई नगर प्रमुख कृष्णहरि महर्जन, उपप्रमुख सृजना बुर्लाकोटी अर्याल र नगर प्रवक्ता तथा वडा–२ का अध्यक्ष राधाकृष्ण खड्गीले सम्मान गरेका हुन्। सो अवसरमा नगर प्रमुख महर्जनले नगरपालिकाभित्र स्थायीय बसोबास गर्ने उत्कृष्ट एक जना खेलाडीलाई चौथो या पाँचौं तह बराबरको सेवासुविधा दिने गरी नगरपालिको खेल एम्बेसडरमा नियुक्त गर्ने बताएका छन्।

प्रकाशित: २२ असार २०८२ ०६:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App