१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

जोटालाई सम्झिँदै रोनाल्डोले भने- ‘तिमीलाई धेरै याद गर्नेछौं’

पोर्चुगलका महान फुटबलर क्रिस्टियानो रोनाल्डोले आफ्ना ‘टिममेट’ डिएगो जोटाको कार दुर्घटनामा भएको निधनप्रति दुःख व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमा एक भावुक पोस्ट गर्दै रोनाल्डोले जोटासँग बिताएका पल र उनको भर्खरै भएको विवाहलाई सम्झिएका छन्।

रोनाल्डोले आफ्नो सन्देशमा भनेका छन्: ‘यो अकल्पनीय छ। हामी भर्खरै राष्ट्रिय टोलीमा सँगै थियौं, भर्खरै तिम्रो विवाह भएको थियो। तिम्रो परिवार, तिम्री श्रीमती र छोराछोरीप्रति मेरो गहिरो समवेदना छ। म उनीहरूलाई यो कठिन घडीमा संसारको सबै शक्ति मिलोस् भन्ने कामना गर्दछु। मलाई थाहा छ, तिमी सधैँ उनीहरूको साथमा रहनेछौं। हामी सबैले तिमीलाई धेरै याद गर्नेछौं।’

स्पेनमा भएको कार दुर्घटनामा डिएगो जोटा र उनका भाइ आन्द्रेको निधन भएको थियो।

विवाहको दुई हप्ता पनि नबित्दै भएको यस दुर्घटनाले सम्पूर्ण फुटबल जगतलाई स्तब्ध बनाएको छ।

प्रकाशित: १९ असार २०८२ १७:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App