१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

एसीसी यू-१६ : सिंगापुरमाथि नेपालको सहज जित

मलेसियामा आजदेखि सुरु भएको एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई हराएको छ। 

आइतबार सम्पन्न खेलमा नेपालले सिंगापुरमाथि ६ विकेटको सहज जित हात पारेको हो। नेपालले ३३.३ ओभरमा १३९ रनको लक्ष्य चार विकेटको क्षतिमा पूरा गर्‍यो भने नेपालका लागि प्रसिद्ध जैसीले नटआउट ५५ रन बनाए।

यसअघि कप्तान विपिन शर्माले घातक बलिङ गरेपछि टस जितेर पहिला ब्याटिङमा उत्रेको सिंगापुर ३६.१ ओभरमा १३८ रन बनाउँदा अलआउट भएको थियो।

विपिनले चार विकेट लिएका थिए। उनले १० ओभरमा एक मेडनसहित ३४ रन मात्र दिए। यस्तै सचिन भट्टले तीन विकेट लिए भने अभय यादव र शुभम खनालले एक–एक विकेट लिए।

प्रतियोगितामा नेपालसहित १० टोलीको सहभागिता रहेको छ। समूह ‘ए’ मा नेपालसहित सिङ्गापुर, इण्डोनेसिया, भुटान र जापान तथा समूह ‘बी’ मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार रहेका छन्। नेपाल हालसम्म सम्पन्न तीनवटा संस्करणको च्याम्पियन हो।

नेपालले दोस्रो खेलमा मङ्गलबार जापानसँग, तेस्रो खेलमा यही असार १५ गते इण्डोनेसियासँग तथा समूह चरणको अन्तिम खेल असार १७ गते भुटानसँग खेल्ने छ। दुवै समूहबाट विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्नेछन्।

प्रकाशित: ८ असार २०८२ १२:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App