२६ असार २०८२ बिहीबार
image/svg+xml
खेल

वडा-२६ तेक्वान्दोतर्फ च्याम्पियन

आयोजक काठमाडौं महानगरपालिका वडा–२६ शुक्रबार काठमाडौं जिल्लाव्यापी बृहत् खेलकुदअन्तर्गत तेक्वान्दोतर्फ च्याम्पियन भएको छ।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा सम्पन्न तेक्वान्दो प्रतियोगितामा वडा–२६ ले कुल ६ स्वर्ण, पाँच रजत र एक कांस्य पदकसहित टिम च्याम्पियन बन्यो। काठमाडौं महानगरपालिका–११ दोस्रो भयो। उसले कुल चार स्वर्ण, दुई रजत र एक कांस्य पदक जित्यो।

 तेस्रो स्थानको तारकेश्वर नगरपालिकाले दुई स्वर्ण, चार रजत र ६ कांस्य हात पार्‍यो। शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ७५ हजार, दोस्रोले ५० हजार र तेस्रोले २५ हजार नगद पुरस्कार प्राप्त गरे। प्रतियोगिताको पुरुषमा आयोजकका रोहन भुजेल र महिलामा गोंगबुकी कृतिका देउला उत्कृष्ट खेलाडी घोषित भए। दुवैले जनही १० हजार नगद पुरस्कार पाए।

प्रतियोगिताको पुरुष ४६ केजीमुनि काठमाडौं महानगरपालिका–११ का कैलाश थापा, ५१ केजीमुनि काठमाडौं महानगरपालिका–११ का निश्चल धोली, ३८ केजीमुनि काठमाडौं महानगरपालिका–११ का तपेन्द्र विष्ट, ४२ केजीमुनि काठमाडौं महानगरपालिका–२० का राहुल हाङ लिम्बू, ४९ केजीमुनि आयोजकका रोहन भुजेल, ३१ केजीमुनि आयोजकका एकेन्द्र खड्का, २३ केजीमुनि काठमाडौं महानगरपालिका–१७ का अंकितमान गुरुङ, २६ केजीमुनि तारकेश्वरका स्वरूपराज पाण्डे, २८ केजीमुनि आयोजकका सुरज श्रेष्ठ र ३५ केजीमुनि स्वयम्भूका प्रज्ज्वल पौडेलले स्वर्ण पदक जिते। महिला ३६ केजीमुनि तुख्याकी सुसन्ध्या खड्का र ३९ केजीमुनि काठमाडौं महानगरपालिका–११ की श्रीयुक्ता लामाले स्वर्ण पदकमा आफ्नो नाममा लेखाए।

त्यस्तै महिला ४६ केजीमुनि लैनचौरकी शारदामाया बमजन, ४९ केजीमुनि आयोजककी आकृति गुरुङ, ४२ केजीमुनि तारकेश्वरकी कृति थापामगर, २४ केजीमुनि आयोजककी आलिया खातुन, २७ केजीमुनि काठमाडौं महानगरपालिका १७ की लिसा तामाङ, ३१ केजीमुनि गोंगबुकी कृतिका देउला, ५२ केजीमुनि आयोजककी सुमिना खड्गी र ३३ केजीमुनि बालाजुकी समिक्षा तामाङ पहिलो भए।

विजेतालाई बागमती प्रदेश सामाजिक विकासमन्त्री हरिप्रभा खड्गी श्रेष्ठ, आयोजक वडा–२६ का अध्यक्ष ख्यामराज तिवारी, बृहत् खेलकुदका संयोजक एवं आयोजकका सदस्य प्रवेश श्रेष्ठ र काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीलगायतले पुरस्कृत गरेका थिए।

दुईदिने प्रतियोगिताको पुरुष/महिलामा समान १० गरी २० स्पर्धामा दुई सय ५९ खेलाडीले सहभागिता जनाएको तेक्वान्दोका संयोजक गौरव रजतले जानकारी दिए। हरेक पहिलोदेखि तेस्रो हुने खेलाडीलाई क्रमशः चार हजार, तीन हजार र २/२ हजार नगद पुरस्कार प्रदान गरिएको थियो।

विभिन्न पाँच खेल समावेश बृहत् खेलकुदअन्तर्गत तेक्वान्दोसहित तीन खेलको प्रतियोगिता सम्पन्न भएको छ। यसअघि टेबल टेनिस र कराते सम्पन्न भएको थियो। पुरुष फुटसल जारी छ। एकदिने क्योकुसिन कराते प्रतियोगिता शनिबार टेबल टेनिस प्रशिक्षण केन्द्रमै हुने भएको छ।

फुटसलमा वडा–५ र तारकेश्वर फाइनलमा

बृहत् खेलकुदअन्तर्गत पुरुष फुटसलमा वडा–५ र तारकेश्वर फाइनलमा प्रवेश गरेका छन्।

लैनचौर खेल मैदानमा वडा–५ ले आयोजक काठमाडौं महानगरपालिका २६ लाई ३–१ गोलले पराजित गर्‍यो। तारकेश्वरले वडा–१३ लाई १–० को झीनो गोलअन्तरले हरायो। फाइनल शनिबार हुनेछ। विजेताले १ लाख ५० हजार तथा उपविजेताले ७५ हजार नगद पुरस्कार पाउने फुटबल संयोजक रामबहादुर रजकले जानकारी दिए।

प्रकाशित: ७ असार २०८२ ०८:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App