प्रथम एलएनए एसइई कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ।
लालीगुराँस नेसनल एकेडेमी (एलएनए) को आयोजनामा थ्री बाई थ्री बास्केटबल प्रतियोगिता शनिबारदेखि मनमैजुमा हुन लागेको हो। दुईदिने प्रतियोगिताका खेलहरू मनमैजुस्थित आयोजकको कोर्टमा खेलाइनेछ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा लालीगुराँस नेसनल एकेडेमीको व्यवस्थापन समितिका अध्यक्ष जोगेन्द्र केसीले यसबारेमा जानकारी दिए। यस प्रतियोगितामा ब्वाइज/ गर्ल्समा जम्मा २० टोलीको सहभागिता रहने भएको छ। ब्वाइजमा १२ र गर्ल्समा आठ टोलीको सहभागिता निश्चित भएको एलएनएका बास्केटबल प्रशिक्षक नारायण खवासले जानकारी दिए।
ब्वाइजमा चार समूह र गल्र्स टोलीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ। दुवै समूहको विजेताले आठ हजार तथा उपविजेताले पाँच हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।
प्रकाशित: ७ असार २०८२ ०८:०९ शनिबार