१ श्रावण २०८२ बिहीबार
image/svg+xml
खेल

निर्णायक खेलमा नेपाल पराजित, स्कटल्याण्ड च्याम्पियन

स्कटल्याण्डमा भएको त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला अन्र्तगत निर्णायक खेलमा नेपाल पराजित भएको छ।

शृंखला अन्तर्गतको आफ्नो अन्तिम खेलमा नेपाल आयोजक स्कटल्याण्डसँग ३४ रनले पराजित भएको हो। यो हारसँगै नेपाल उपविजेतामा सीमित भएको छ भने स्कटल्याण्डले उपाधि जितेको छ।

स्कटल्याण्डले प्रस्तुत गरेको १९४ रनको विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभर पूरा खेल्न सकेन र १८.५ ओभरमा सबै विकेट गुमाउँदै १५९ रनमा समेटियो।

पावर प्लेमै महत्त्वपूर्ण ४ विकेट गुमाएर कमजोर सुरुवात गर्नु नेपालका लागि महँगो साबित भयो।

नेपालको ब्याटिङमा रुपेश सिंहले सर्वाधिक ४३ रनको योगदान दिए। उनले २२ बलमा आक्रामक पारी खेलेका थिए। त्यस्तै, दीपेन्द्रसिंह ऐरीले ३४ तथा कप्तान रोहित पौडेलले २७ रन बनाए पनि अन्य ब्याटरहरू चल्न नसक्दा नेपालले लक्ष्य भेट्टाउन सकेन।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको स्कटल्याण्डले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १९३ रनको उच्च योगफल तयार पारेको थियो।

नेपालका लागि बलिङतर्फ कुशल भुर्तेलले २ विकेट लिए भने रुपेश सिंह, ललित राजवंशी र सन्दीप लामिछानेले एक-एक विकेट हात पारे। दीपेन्द्रसिंह ऐरी र रिजन ढकाल भने महँगा साबित भए।

शृंखलामा नेपाल, स्कटल्याण्ड र नेदरल्यान्ड्स तीनवटै टोलीले समान २–२ जित निकालेका थिए। तर, उत्कृष्ट नेट रनरेटको आधारमा स्कटल्याण्ड च्याम्पियन बन्दा नेपाल उपविजेतामा चित्त बुझाउन बाध्य भयो।

प्रकाशित: ६ असार २०८२ २३:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App