१ श्रावण २०८२ बिहीबार
image/svg+xml
खेल

एलिनालाई स्वर्ण

कीर्तिपुर नगरपालिकाकी एलिना थिङले काठमाडौं जिल्लाव्यापी बृहत् खेलकुदअन्तर्गत करातेको महिला एकल कातामा स्वर्ण जितेकी छन्।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बुधबार सम्पन्न फाइनलमा एलिनाले तार्केश्वर नगरपालिकाकी प्रसन्न फुयाललाई हराउँदै स्वर्ण जितेकी हुन्। नागर्जुन नगरपालिकाकी बन्दना तामाङ र आयोजक काठमाडौं महानगरपालिका वडा–२६ की मिस्टी श्रेष्ठ तेस्रो भए। शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, १५ हजार र ५/५ हजार नगद पुरस्कार पाउनेछन्।

महिला टिम कुमुतेमा नागर्जुन टोली पहिलो भयो। यस टोलीमा सोनाम शेर्पा, समीक्षा ढुंगाना, मोनिका लामा, आयुशा प्रधान र मनीषा लामा छन्। काठमाडौं महानगरपालिका–३१ दोस्रो भयो। महिमा राई, आशिका राई, दिया तामाङ, नानु चौधरी र रुक्साना दनुवारको टोलीले यो सफलता पाएका हुन्।

गोकर्णेश्वरका टीकामाया जिम्मी, डोमा तामाङ, इभान जेलिना बस्नेत, यान्शु ठोकर र आयुशा तिमल्सिना तथा तार्केश्वरका करुणा गडेल, अनु मोक्तान, एलिना तामाङ, प्रतिक्षा तामाङ र सलिना तुलाधर संयुक्त रूपमा तेस्रो भए।

पहिलो हुनेले ५० हजार, दोस्रोले २५ हजार र तेस्रोले १०/१० हजार नगद पुरस्कार पानेछन्। दुई दिने प्रतियोगितामा कुल दुई स्पर्धाका लागि ८० खेलाडीले प्रतिस्पर्धा गरेको करातेका संयोजक सन्तोष श्रेष्ठले जानकारी दिए। पाँच खेल समावेश बृहत् खेलकुदमा दुई खेलको प्रतिस्पर्धा सकिएको छ। 

प्रकाशित: ५ असार २०८२ ०६:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App