२५ असार २०८२ बुधबार
image/svg+xml
खेल

प्राज्नालाई सम्मान

गल्कोपाखास्थित आरम्भ संस्कार विद्यालयले टेबल टेनिस खेलाडी प्राज्ना महर्जनलाई सोमबार नगदसहित सम्मान गरेको छ।

सोमबार एक कार्यक्रमका बीच आरम्भ संस्कारले टेबल टेनिसकी खेलाडी प्राज्नालाई नगद १५ हजारसहित सम्मानित गरेको हो। विद्यालयका कक्षा कप्तान तथा विद्यालयका लागि विद्यालय लिडर गरी कुल ७२ जना विद्यार्थीलाई विभिन्न पदमा पदस्थापनको अवसरमा प्राज्ना सम्मानित भएकी हुन्।

दक्षिण एसियाली युथ टेबल टेनिस प्रतियोगितामा दुई पदक जितेकोमा प्राज्नालाई सम्मान गरिएको हो। अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा उक्त प्रतियोगिता गत वैशाख ११ देखि १४ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको थियो। प्राज्नाले यु–१५ गल्र्स डबल्समा रजत र टिम इभेन्टमा कांस्य पदक जितेकी थिइन्।

नेपालले प्रतियोगितामा १ स्वर्ण, ६ रजत र ५ कांस्य गरी १२ पदक जितेको थियो। प्राज्ना आरम्भमै पूर्ण छात्रवृत्तिमा कक्षा ६ मा अध्ययनरत छिन्। आरम्भले प्राज्नासँगै टेबल टेनिस खेलाडी निश्चल थापा, यमिला श्रेष्ठ, आभा प्रधान र दिवाश्री श्रेष्ठलाई पनि पूर्ण छात्रवृत्ति प्रदान गरेको छ।

प्राज्नालाई अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल, आरम्भका अध्यक्ष नरेशप्रसाद श्रेष्ठ र भाइस प्रिन्सिपल दिनेश श्रेष्ठले सम्मान गरे।

प्रकाशित: ३ असार २०८२ ०८:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App