१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

पाउद्वारमा खेल मैदान निर्माण

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारमा खेल मैदान निर्माण भएको छ।

अन्नपूर्ण गाउँपालिकाको सहयोगमा खयरभारानी युवा क्लबले पाउद्वारमा खेल मैदान निर्माण भएको हो। उपभोक्ता समितिका सचिव भविन पाइजाले पाखोबारी सम्माएर खेल मैदान निर्माण गरिएको जानकारी दिए।

अन्नपूर्ण गाउँपालिकाको रु २१ लाख ५० हजार बजेटबाट पाखोबारी सम्माएर ८५ मिटर लम्बाइ र ३० मिटर चौडाइको खेल मैदान निर्माण गरिएको जानकारी दिए। 'विद्यालयको खेल मैदानमा खेल अभ्यास र प्रतियोगिता सञ्चालन गर्दा पठनपाठन समस्या भएपछि नयाँ ठाउँमा जग्गा खोजेर खेल मैदान निर्माण गरिएको हो,' उनले भने, 'पोखोबारी सम्माएर खेल मैदान बनाएका हौँ।'

डोजर परिचालन गरेर सम्माइएको खेल मैदानको डिलतर्फ ग्यावीयन पर्खाल निर्माण र बल छेक्न तारजाली निर्माण गरिएको छ। खेल मैदान निर्माण गर्न स्थानीय रामकृष्ण तिलिजाले रु दुई लाख २० हजार बराबरको एक आना जग्गा दान गरेका छन्। रु छ लाख ६० हजार मूल्य बराबरको थप तीन रोपनी जग्गा खरिद गरिएको थियो।

खेल मैदान निर्माणका लागि पाउद्वारका १३५ घरपरिवारले एक/एक दिनका दरले श्रमदान गेका छन्। क्लबमा आबद्ध युवाले पनि योजना निर्माणमा श्रमदान गरेका छन्। खेल मैदानमा स्टेज, प्याराफिट, सार्वजनिक शौचालयलगायतका पूर्वाधार तयार गर्न बाँकी छन्।

खेल मैदान निर्माण भएपछि पाउद्वारका युवायुवतीलाई खेल अभ्यास गर्न र प्रतियोगिता सञ्चालन गर्न सहज भएको छ। रासस

प्रकाशित: ३१ जेष्ठ २०८२ ०७:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App