७ असार २०८२ शनिबार
image/svg+xml
खेल

एएफसी एसियन कप: लाओसविरुद्ध खेल्दै नेपाल, कमब्याकको अवसर

फाइल तस्बिर

नेपाली फुटबल टोलीले एएफसी एसियन कप छनोटको दोस्रो खेलमा आज (मंगलबार) लाओससँग खेल्दैछ। मलेसियासँग २-० को हार बेहोरेको नेपाल लाओसविरुद्ध जित निकाल्दै कमब्याक गर्ने लक्ष्यसहित मैदानमा उत्रनेछ।

खेल न्यु लाओस नेशनल स्टेडियममा आज बेलुका पौने छ बजे सुरु हुँदैछ। नेपालले तयारीका लागि हङकङसँग गोलरहित बराबरी खेलेको थियो। यसअघि लाओसविरुद्ध ६ खेलमा अपराजित रहेको नेपाल फिफा वरीयतामा पनि १७५औं स्थानमा रहँदा लाओस १९०औं स्थानमा छ।

लाओसले भियतनामसँग ५-० को हार बेहोरे पनि बलिया टोलीसँग बराबरी खेलेको इतिहास छ। समूहमा भियतनाम र मलेसिया बलिया प्रतिद्वन्द्वी छन्। शीर्ष टोलीले २०२७ को एसियन कपमा स्थान बनाउनेछ।

प्रकाशित: २७ जेष्ठ २०८२ १३:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App