ताप्लेजुङ जिल्लाबाट प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागी भएका खेलाडीमध्ये १ जनाले स्वर्ण पदक प्राप्त गरेका छन्।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार मावो लिम्बूका अनुसार मैवाखोलाका समिर लिम्बूले तीन हजार मिटर दौडमा स्वर्ण पदक प्राप्त गरेका हुन्। कोशी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा ताप्लेजुङले १ स्वर्णसहित ११ पदक हासिल गरेको छ। ४ जना खेलाडीले राष्ट्रिय स्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागिता जनाउन पाउने भएका छन्।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष लिम्बूकाअनुसार राष्ट्रिय स्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागिता जनाउन छनौट भएका ताप्लेजुङका खेलाडीहरूमा स्वर्ण पदक विजेता समिरसहित एथलेटिक्सतर्फ सविन विक, भलिबलतर्फ कैलाश लिम्बू र कबड्डीतर्फ मनिता तामाङ रहेका छन्।
ताप्लेजुङले १ स्वर्ण, ६ रजत र ४ कास्य पदक जितेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ।
प्रकाशित: २७ जेष्ठ २०८२ १०:४९ मंगलबार