२७ माघ २०८२ मंगलबार
image/svg+xml
खेल

चेयरम्यान चेसमा बाँसबारी च्याम्पियन

काठमाडौं महानगरपालिका-४ द्वारा आयोजित विद्यालयस्तरीय चेस च्याम्पियनसिपको उपाधि बाँसबारी माध्यमिक विद्यालयले जितेको छ।

बालुवाटारमा बिहीबार सम्पन्न प्रतियोगितामा सर्वाधिक ७६ अंक जोड्दै बाँसबारी समग्रमा च्याम्पियन बनेको हो। नेसनल क्रियटिभ को–एजुकेसनल स्कुल (एनसीसीएस) ५३ अंकसहित उपविजेता तथा महेन्द्र राष्ट्रिय मावि ३२ अंकका साथ तेस्रो स्थानमा रहे।

हिमालयन चेस एकेडेमीको व्यवस्थापनमा सञ्चालित दुई दिने उक्त र्‍यापिड चेस प्रतियोगिताको विभिन्न ६ स्पर्धामा २० विद्यालयका ३१९ खेलाडीले उत्साहजनक प्रतिस्पर्धा जनाउका थिए। प्रत्येक स्पर्धामा शीर्ष दश स्थान हासिल गर्ने खेलाडीले प्राप्त गरेको अंकका आधारमा समग्र विजेताको टुङ्गो लगाइएको थियो।

व्यक्तिगत ६ स्पर्धामा कक्षा १-४ छात्रातर्फ बाँसबारीकी सिमरन कार्की र छात्रतर्फ मेरिडियन इन्टरनेसनल स्कुलका आयम सुवेदी प्रथम भए।

त्यसैगरी, कक्षा ५-८ छात्रातर्फ एनसीसीएसकी आराध्य गुप्ता र छात्रतर्फ पञ्चकन्या आधारभूत विद्यालयका अतिश महर्जनले शीर्ष स्थान हासिल गरे भने कक्षा ९-१२ छात्रातर्फ बाग्मती बोर्डिङकी देवयानी गुरागाइँ र छात्रतर्फ न्युटन हाईस्कुलका सोहन प्रजापति आ-आफ्नो समूहमा प्रथम घोषित भए।

बालुवाटारस्थित महेन्द्र राष्ट्रिय माविको हलमा आयोजित समापन समारोहमा काठमाडौं महानगरपालिका-४ का अध्यक्ष दिनेश महर्जन, नेपालकी प्रथम महिला राष्ट्रिय चेस च्याम्पियन मोनालिसा खम्बू लगायतले विजेता विद्यालय तथा खेलाडीहरूलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए।

प्रकाशित: २२ जेष्ठ २०८२ १८:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App