मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित गरेको छ। यससँगै मुम्बई आइपिएल २०२५ को प्लेअफमा पुग्ने चौथो टोली बनेको छ।
यसअघि गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बैंगलोर र पञ्जाब किंग्स प्लेअफमा छनोट भइसकेका छन्। बुधबार वानखेडे रंगशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले सूर्यकुमार यादवको अर्धशतकीय पारीको आधारमा पाँच विकेट गुमाउँदै १८० रन बनाएको थियो। जवाफमा दिल्लीले १८.२ ओभरमा १२१ रन मात्र बनाउन सक्यो र अलआउट भयो। मुम्बईका लागि जसप्रित बुमराह र मिचेल स्यान्टनरले तीन तीन विकेट लिए भने ट्रेन्ट बोल्ट, दीपक चाहर, विल ज्याक्स र कर्ण शर्माले एक-एक विकेट लिए।
दिल्लीलाई हराउँदै मुम्बई सिधै प्लेअफमा छनोट भएको छ। यद्यपि, समूह चरणमा दुवै टोलीको अझै एक खेल बाँकी छ। दिल्ली क्यापिटल्सले मे २४ (शनिबार)मा पञ्जाब किंग्सको सामना गर्ने छ भने मुम्बई इन्डियन्सले मे २६ (सोमबार)मा पञ्जाब किंग्सको सामना गर्ने छ।
यी दुवै खेल जयपुरमा खेलिने छन्।
प्रकाशित: ८ जेष्ठ २०८२ ०७:४९ बिहीबार