लखनउ सुपर जायन्ट्स टोली आइपिएल २०२५ को प्लेअफ दौडबाट बाहिरिएको छ। यो सनराइजर्स हैदराबादसँग ६ विकेटले पराजित हुँदै लखनऊ प्लेअफ दौडबाट बाहिरिएको हो।
प्याट कमिन्सको टोलीले २०६ रनको लक्ष्य १८.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो।
एकाना रंगशालामा भएको खेलमा हैदराबादले टस जितेर बलिङ रोजेको थियो। लखनउले २० ओभरमा ६ विकेट गुमाउँदै २०५ रन बनायो। ओपनर मिचेल मार्शले ६५ र एडेन मार्करामले ६१ रनका साथ अर्धशतक बनाए। निकोलस पूरनले ४५ रन बनाए। इशान मालिंगाले २ विकेट लिए।
जवाफमा हैदराबादका लागि अभिषेक शर्माले ५९, हेनरिक क्लासेनले ४७ र इशान किशनले ३५ रन बनाएका थिए। दिग्वेश राठीले दुई विकेट लिए।
प्रकाशित: ६ जेष्ठ २०८२ ०६:५३ मंगलबार