इण्डियन प्रिमियर लिग (आइपिएल)को पछिल्लो खेलमा पञ्जाब सुपर किङ्स विजयी भएको छ । उसले आइतबार राजस्थान रोयल्सलाई १० रनले हराएको हो ।
जितपछि १२ खेलबाट १७ अंक बनाएको प्रिती जिन्टाको पञ्जाव तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान अंक भएपनि रनरेटमा ऊ रोएल च्यालेन्जर्स बेंगलुरुभन्दा पछि परेको हो । लिग चरणबाटै बाहिरिसकेको राजस्थानको यो दशौं हार हो।
पञ्जावले दिएको २२० रनको लक्ष्य पछाएको राजस्थान रोयल्सले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै २०९ रनमात्र बनाउन सक्यो । ओपनर यशस्वी जैसवाल र वैभव सूर्यवंशीले पहिलो विकेटको लागि ७६ रनको साझेदारी गर्दै टोलीलाई राम्रो सुरुवात दिलाए। वैभव ४० र यशस्वी ५० रनमा आउट भए। धुर्व जुरेलले ५१ रन बनाए । मिडर अर्डर चल्न नसक्दा राहुद द्रविडको राजस्थान हार भोग्न बाध्य भयो ।
हर्पित ब्रार्रले ३ तथा अज्मतुल्लाह ओम्रजाइ र मार्को जानसेनले समान २ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ५ विकेट गुमाउँदै २ सय १९ रन बनायो। सुरूवात राम्रो हुन नसकेपनि नेहाल वादेरा र कप्तान श्रेयस अयरले चौथो विकेटका लागि ६७ रनको साझेदारी गर्दै पञ्जावका लागि बलियो आधार तयार पारेका थिए ।
नेहाल वादेराले ३७ बलमा ५ चौका र ५ छक्का सहित ७० रनको पारी खेले। सशांक सिंह मात्र ३० बलमा ५९ रनमा अविजित रहँदा क्याप्टेन श्रेयस ऐर ३० रनमा पबिलियन फर्किए।
बलिङमा राजस्थानका लागि तुसार देशपाण्डेले २ विकेट लिए।
प्रकाशित: ४ जेष्ठ २०८२ २०:१५ आइतबार