१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

टी टेन क्रिकेटमा तीन विश्वविद्यालयका टोली

तीन विश्वविद्यालयका टोलीले खेल्ने डम्बर धामी स्मृति टी टेन क्रिकेट प्रतियोगिता आइतबारदेखि हुने भएको छ।

नेपालका तीन विश्वविद्यालयका कुल १२ कलेजका टोलीको सहभागिता रहने प्रतियोगिता आइतबारदेखि हुन लागेको हो। प्रतियोगिताका खेलहरू कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुनेछन्।

अनेरास्ववियु पूर्वाञ्चल विश्वविद्यालय राष्ट्रिय कमिटीले शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो। जेठ ८ गतेसम्म हुने यस प्रतियोगितामा १२ टोलीलाई चार समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा खेलाइनेछ। प्रतियोगिताको विजेताले ३५ हजार र उपविजेताले २० हजार रूपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ। प्रतियोगिताको इन्ट्री फी १५ हजार रूपैयाँ रहेको आयोजकले जनाएको छ।

उक्त कमिटीले डम्बर धामीको स्मृतिमा उक्त खेल गर्न लागेको हो। डढेलधुराका धामीको गत साल मंसिरमा जिप दुर्घटनामा घाइते भई उपचारको क्रममा निधन भएको थियो। उनी हिस्ट इन्जिनियरिङ कलेजबाट आफ्नो इन्जिनियरको पढाइ सकाएको केही समयपछि दुर्घटना परेका थिए।

प्रतियोगिताको समूह ‘ए’ मा हिस्ट इन्जिनियरिङ कलेज, कान्तिपुर इन्टरनेसनल कलेज र एक्मी इन्जिनियरिङ कलेज छन्। समूह ’बी’ मा हिमालयन ह्वााइट हाउस इन्टरनेसनल कलेज, जियोम्याटिक इन्स्टिच्युट अफ टेक्नोलोजी र कोसमस कलेज अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी छन्। समूह ‘सी’ मा कान्तिपुर सिटी कलेज, कलेज अफ आइटी एन्ड इन्जिनियरिङ र हिलसाइड कलेज अफ इन्जिनियरिङ छन्।

समूह ‘डी’ मा कान्तिपुर इन्जिनियरिङ कलेज, पशुपति मल्टिपल क्याम्पस र रत्नराज्य लक्ष्मी क्याम्पस छन्। प्रतियोगिताको पहिलो दिन पहिलो खेलमा हिस्टविरुद्ध कान्तिपुर इन्टरनेसनल कलेजले प्रतिस्पर्धा गर्नेछ। दोस्रो खेलमा कान्तिपुर सिटी कलेज र हिलसाइडबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: ४ जेष्ठ २०८२ ०८:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App