१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

साफ यू–१९ च्याम्पियनसिप फुटबलः नेपाल सेमिफाइनलबाट बाहिरियाे

नेपाल साफ यू–१९ पुरुष च्याम्पियनसिप फुटबलको सेमिफाइनलबाट बाहिरिएको छ। शुक्रबार सम्पन्न खेलमा बांग्लादेशसँग २–१ ले पराजित हुँदै नेपाली टोली बाहिरिएको हो। 

बंगलादेशका आशिखुर रहमान र कप्तान फैजलले गोल गरे । नेपालका सुजन डंगोलले एक गोल फर्काए । 

पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि नेपालले दोस्रो हाफको अन्तिम ९ मिनेट लय गुमाउँदा हार भोग्न बाध्य भयो । नेपालले ९ मिनेटको अन्तरमा दुई गोल खान पुगेको थियो । लगत्तै एक गोल फर्काएपनि जितको लागि पर्याप्त बनेन । 

नेपालले ७३औं र ८१औं मिनेटमा गोल खाएको थियो । ८७औं मिनेटमा सुजनले गोल गरेपनि हार टार्न पर्याप्त भएन । 

नेपालसँग जित निकालेसँगै बांग्लादेशी टोली फाइनलमा पुगेको छ। अब बंगलादेशले उपाधिका लागि भारत र माल्दिभ्सबीचको विजेतासँग खेल्नेछ ।

प्रकाशित: २ जेष्ठ २०८२ १७:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App