१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

गोदावरी फाइनल पुग्दा शिवलाल नायक

गोलकिपर विवेक शिलवाल नायक बनेपछि आयोजक गोदावरी नगरपालिका उपत्यकाव्यापी अन्तरपालिका खुला गोदावरी मेयर कपको फाइनलमा पुगेको छ।

गोदावरी–१० टाहाखेलस्थित निर्माणाधीन गोदावरी बहुउद्देश्यीय रंगशालामा बुधबार भएको दोस्रो तथा अन्तिम सेमिफाइनलमा गोदावरीले दक्षिणकाली नगरपालिकामाथि पेनाल्टी सुटआउटमा ४–३ ले पराजित हराउँदै फाइनलमा स्थान बनाएको हो।

गोदावरीले अब उपाधिका लागि आगामी शुक्रबार काठमाडौं महनगरपालिकाको सामना गर्नेछ। बुधबार दोस्रो सेमिफाइनलको पेनाल्टी सुटआउटमा विवेकले दुई प्रहारलाई बचाएका थिए। निर्धारित समयमा दुवै टोलीबाट २–२ गोल भयो। त्यसपछि खेलको निर्णय पेनाल्टी सुटआउबाट लिएको हो।

पेनाल्टीमा गोदावरीका पासाङ लामा, सुरज चित्रकार, सागर तामाङ र अरूण लामाले गोल गरे। आशिष शाहीको प्रहार भने दक्षिणकालीका गोलपिकर हरिशंकर तामाङले बचाए।

दक्षिणकालीका बिकी महर्जन, रिजन श्रेष्ठ र रोजन लामाले गोल गरे। कप्तान नवीन लामा र अनिल बलामीको प्रहारमा भने आयोजकका गोलकिपर विवेक बाधक बने। त्यसअघि खेलको १५औं मिनेटमा अमित तामाङको गोलमार्फत दक्षिणकालीले अग्रता लिएको थियो।

५०औं मिनेटमा पासाङ लामाले गोदावरीलाई बराबरीमा ल्याए। नवीनले ८२औं मिनेटमा गोल गरेपछि दक्षिणकाली २–१ ले अगाडि बढ्यो। तर इन्जुरी समयमा गोदावरीका अनिल बम्जन लामाले गोल गर्दै खेल पेनाल्टी सुटआउटसम्म धकेलेका हुन्। गोदावरी समूह ‘ए’ तथा कीर्तिपुर समूह ‘सी’ को विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेका थिए।

समूहमा महालक्ष्मी नगरपालिकालाई ६–१ ले तथा बाग्मती गाउँपालिकालाई ७–० ले हराएको गोदावरीले ललितपुर महानगरपालिकासँग १–१ को बराबरी खेलेको थियो। दक्षिणकालीले कागेश्वरी मनोहरा नगरपालिकालाई ५–० र चन्द्रागिरी नगरपालिकालाई २–१ ले पराजित गरेको थियो। साबिक विजेता काठमाडौंले मंगलबार सम्पन्न पहिलो सेमिफाइनलमा कीर्तिपुर नगरपालिकाविरुद्ध ३–० को सहज जित दर्ता गरेको थियो।  

प्रकाशित: १ जेष्ठ २०८२ ०८:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App