लालीगुराँस नेसनल एकेडेमी र क्यानभास बुधबार वसन्त ऋतु आठौं बिएनए कप अन्तरविद्यालय बास्केटबलको जुनियर ब्वाइजतर्फ विजयी भएका छन्।
वसुन्धारास्थित आयोजक वसुन्धरा नेसनल एकेडेमी (बिएनए) को कोर्टमा लालीगुराँसले एन्जल्स हार्टलाई ३१–२८ ले पराजित गर्यो। लालीगुराँसको जितमा साहिद पुनले १३ अंक योगदान गरे।
रिसन गुरुङको ४ अंक सहयोगमा क्यानभासले ज्ञान संस्कारलाई २२–१९ ले हरायो। जुनियर ब्वाइजमै भ्याली पब्लिकले स्किब्सलाई ३९–२६ तथा गोल्डेनपिकले हेराल्डलाई ४५–२३ ले हराए। भ्याली पब्लिकका आर्यन गुरुङले १३ तथा स्किब्सका सफल राईले १२ अंक जोडे।
सिनियर गर्ल्समा भ्याली पब्लिकले इडेन ब्रिज एकेडेमी (इबिए) लाई ३१–२७, केभिकेएसएसले जेबी स्कुललाई २३–१५, ग्रिनल्यान्डले तेजस्वीलाई ३९–२७ र फेरिल्यान्डले एन्जल्स हार्ट नेसनल स्कुललाई २२–१८ ले पन्छाए। भ्याली पब्लिककी लोरिशा गौचनले ११, केभिकेएसएसकी पूजा लामाले ६, ग्रिनल्यान्डकी बिहानी राईले २१ र फेरिल्यान्डकी खुस्बु मगरले ६ स्कोर गरे।
प्रकाशित: १ जेष्ठ २०८२ ०८:०६ बिहीबार





