इन्डियन प्रिमियर लिग (आइपिएल २०२५) मे १७ बाट पुनः सुरु हुने भएको छ। यस सिजनको फाइनल खेल भने जुन ३ मा हुने छ।
आइपिएलले आफ्नो एक्स ह्यान्डलमा यो जानकारी दिएको छ। मे ८ मा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्स बीचको खेल रद्द भएपछि आइपिएल एक हप्ताका लागि स्थगित गरिएको थियो।
हिमाचल प्रदेशको धर्मशालामा आइपिएलमा पञ्जाब र दिल्लीबीचको खेल चलिरहेको थियो र यसैबीच रंगशालामा ब्ल्याकआउट भयो र खेल रद्द गरिएको थियो।
भारतीय रक्षा मन्त्रालयका अनुसार मे ८ को राति पाकिस्तानले भारतका धेरै ठाउँमा मिसाइल र ड्रोनबाट आक्रमण गरेको थियो। एजेन्सी
प्रकाशित: ३० वैशाख २०८२ ०७:१२ मंगलबार





