१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

मंगलबारदेखि बिएनए कप अन्तरविद्यालय बास्केटबल

आठौं बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता मंगलबारदेखि काठमाडौंमा सुरु हुने भएको छ ।

वसुन्धरा नेसनल एकेडेमी (बिएनए) को आयोजनामा हुने प्रतियोगितामा दुई विधामा गरी कुल २४ टोलीको सहभागिता रहने बिएनएका प्रिन्सिपल टंककुमार चापागाईंले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।

जुनियर ब्वाइज र सिनियर गर्ल्समा समान १२ टोली सहभागी हुनेछन्। दुवै समूहका सहभागीलाई चार समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा खेलाइनेछ। जुनियर ब्वाइजमा कक्षा ८ सम्म तथा सिनियर गल्र्समा कक्षा १० सम्म अध्ययनरत विद्यार्थी खेलाडीले सहभागी हुन पाउने प्रतियोगिता संयोजक नारायण खवासले जानकारी गराए।

प्रतियोगिता सञ्चालन गर्न करिब तीन लाख रूपैयाँ खर्च हुने विद्यालयका कोओर्डिनेटर सन्तोष फुयालले बताए। जेठ ६ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरू वसुन्धारास्थित नमुना टोलमा खेलाइनेछ। जुनियर ब्वाइजमा सेब तथा सिनियर गल्र्समा भ्याली पब्लिक डिफेन्डिङ च्याम्पियन हुन्। बिएनएले आफ्नो बास्केटबल कोर्ट पनि पुनर्निर्माण गरेको छ। पुनर्निर्माण गर्न करिब ६ लाख रूपैयाँ खर्च भएको प्रिन्सिपल चापागाईंले बताए ।

प्रकाशित: २९ वैशाख २०८२ ०९:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App