१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

अखिल नेपाल किसान महासंघ ताप्लेजुङको अध्यक्षमा सुनुवार दोहोरिए

नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ ताप्लेजुङको अध्यक्षमा भगिमान सुनुवार दोस्रो कार्यकालका लागि चुनिएका छन्।

महासंघको सातौं जिल्ला अधिवेशनले मणिकुमार मगरलाई उपाध्यक्ष, इन्द्र लेछर्बोलाई सचिव, मधु इजमलाई सहसचिव र हरिप्रसाद सिग्देललाई कोषाध्यक्षमा चयन गरेको छ।

नेकपा एमाले जिल्ला कमिटी ताप्लेजुङका कार्यवाहक अध्यक्ष दीपेन्द्र पोमूका अनुसार केशवप्रसाद बराल, छिनामदोर्जी तामाङ, विनय नेयोङ, लक्ष्मण चोङ्वाङ लिम्बू र सुशिल एभेङ सदस्यमा चुनिएका छन्।

अन्य सदस्यहरूमा यामकुमार लिम्बू, टंकप्रसाद लिम्बू, युगेन अन्छङ्वो, गोविन्दराज बराल, छत्र गुरुङ, लिलामाया दर्जी, छबिलाल हिङ्गाम, सुमन गुरुङ, कृष्णबहादुर कार्की, दीपक राई, कुलराज न्यौपाने, भगिरथ मावो र लाखध्वज लिम्बू चयन भएका छन्।

प्रकाशित: २८ वैशाख २०८२ १२:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App