रोहित शर्मापछि विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यास लिने निर्णय गरेको खबरले फ्यानहरू निराश छन्। सामाजिक सञ्जालमा आफ्नो भावना व्यक्त गरिरहेका फ्यानहरूबिच विराट कोहलीको एउटा भिडियो भाइरल भएको छ, जसमा उनी श्रीमती अनुष्का शर्मासँग मुम्बईमा देखिए।
एक फ्यानले यो जोडीको भिडियो सामाजिक सञ्जालमा सेयर गर्दै लेखे, ‘विराट कोहली र अनुष्का शर्मा आज मुम्बईमा सँगै।’ भिडियोमा फ्यानहरूले आफ्नो प्रतिक्रिया दिँदै भनेका छन्, ‘भाउजू, कृपया दाइलाई सम्झाउनुहोस्। टेस्टबाट सन्यास नलिनुहोस्।’ कतिपयले भारत पाकिस्तानबिच भएकाे तनावकाे कठिन समयमा सँगै देखेर मन हलुका भएकाे भनेका छन्। सधैं राजा कोहली हुन्।
३६ वर्षका विराट कोहलीले आफ्नो उत्कृष्ट खेलबाट सबैको मन जितेका छन्। उनले भारतका लागि १२३ टेस्ट, ३०२ एकदिवसीय र १२५ टी-२० खेल खेलेका छन्। एजेन्सी
प्रकाशित: २८ वैशाख २०८२ १०:०९ आइतबार





