२ जेष्ठ २०८२ शुक्रबार
image/svg+xml
खेल

पिएसजी फाइनलमा

आर्सनललाई पराजित गर्दै पेरिस सेन्ट जर्मेन (पिएसजी) च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ।

बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा आर्सनललाई २–१ ले पराजित गर्दै पिएसजी उपाधिनजिक पुगेको हो। आर्सनलविरुद्ध पिएसजीले समग्रमा ३–१ को नतिजा निकालेको हो।

पिएसजीले अब उपाधिका लागि इन्टर मिलानविरुद्ध म्युनिखमा खेल्नेछ। पहिलो हाफको २७औं मिनेटमा फेबियन रुइजको गोलमा पिएसजीले सुरुआती अग्रता बनाएको थियोे। खेलको ७२औं मिनेटमा आच्रर हाकिमीको गोलमा आगर्सनलविरुद्ध पिएसजीले अग्रता दोब्बर पार्‍यो। खेलमा २–० ले पछि परेको आर्सनलका लागि बुकायो साकाले गरेको गोल सान्त्वना बन्न पुग्यो।

खेलको ७६ औं मिनेटमा साकाको गोलमा आर्सनल २–१ को अवस्थामा आएको थियो। त्यसपछि थप गोल गर्न नसक्दा आर्सनल उपाधि होडबाट बाहिरिएको हो। पहिलो लेगमा नै पछि परेको आर्सनलले फाइनल पुग्न थप दुई गोलको आवश्यकता थियो। तर पिएसजीलाई हराउन नसक्दा आर्सनल अन्तिम चारबाट नै बाहिरिएको हो।

प्रकाशित: २६ वैशाख २०८२ ०८:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App