७ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
खेल

१४ वर्षीय वैभवको शतकमा राजस्थानको शानदार जित

१४ वर्षीय वैभव सूर्यवंशीको शानदार शतकको मद्दतले राजस्थान रोयल्सले आपिइलमा लगातार पाँच हारपछि पहिलो जित हात पारेको छ।

राजस्थानले सोमबार जयपुरको सवाई मानसिंह स्टेडियममा गुजरात टाइटन्सलाई ८ विकेटले पराजित गरेको हो।

पहिला ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०९ रन बनाएको थियो। जवाफी ब्याटिङमा राजस्थानले मात्र २ विकेट गुमाएर १६औँ ओभरमै लक्ष्य पछ्याउँदै जित दर्ता गर्‍यो।

गुजराततर्फ शुभमन गिलले ८४ रन र जोस बटलरले ५० रनको योगदान दिए। राजस्थानतर्फ वैभव सूर्यवंशीले १०१ रनको शान्दार शतक बनाएका थिए भने यशस्वी जयसवालले ७० रन बनाए।

रियान पराग ३२ रनमा अविजित रहे। बलिङतर्फ महीश तीक्षणाले २ विकेट लिएका थिए।

वैभव सूर्यवंशीले मात्र ३५ बलमा शतक पूरा गर्दै आइपिइल र टी–२० क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक र शतक बनाउने कीर्तिमान समेत बनाएका छन्।

यो कुनै पनि भारतीय खेलाडीले आपिएलमा बनाएको सबैभन्दा छिटो शतक हो।

प्रकाशित: १५ वैशाख २०८२ २३:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App