म्याग्दी जेसीजले आयोजना गरेको महिलाहरू बिचको बिस्तारै स्कुटर चलाउने प्रतियोगिताको उपाधि सञ्जु जिसीले जितेकी छन् ।
सवारीसाधन दुर्घटना न्यूनीकरण तथा सचेतनामूलक अभियान अन्तरगत शनिबार खुल्ला मञ्चमा आयोजना गरिएको प्रतियोगितामा १२ प्रतियोगीलाई उछिन्दै जलजला गाउँपालिका वडा नं ३ की जिसीले १५ सय नगद, ट्रफी र प्रमाणपत्र पुरस्कार प्राप्त गरिन् । प्रतियोगितामा द्वितीय बेनी नगरपालिका वडा नं २ की सृजना थापा, तृतीय बेनपा ७ की कल्पना सुबेदी ढुङ्गानाले जितेकी छिन्। द्वितीय, तृतीयलाई क्रमशः नगद १ हजार, ५ सय नगद र प्रमाणपत्र प्राप्त गरेको प्रतियोगिता संयोजक डेकमायाँ केसीले जानकारी दिइन् ।
यसैबिच सटफुट प्रतियोगिताको पुरुषतर्फ मोहन खड्का प्रथम, जनक सोनाम तद्धित, बलबहादुर आले तृतीय भएका छन् । सटफुट महिलातर्फ मुना गर्बुजा प्रथम, कल्पना सुबेदी ढुंगाना तद्धित र भिमा खड्का तृतीय भएको प्रतियोगिता संयोजक प्रवेश श्रेष्ठले जानकारी दिए ।
महिलाहरूका लागि स्लो स्कुटर ड्राइभ प्रतियोगिताले सचेतना फैलाउन प्रयास भएको बताउँदै आगामी दिनमा उक्त कार्यलाई निरन्तरता दिने म्याग्दी जेसीजका अध्यक्ष क्षत्रीले बताए । दुर्घटना न्यूनीकरणका लागि जनचेतना जगाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।
प्रकाशित: १३ वैशाख २०८२ १४:३५ शनिबार