१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

लुम्बिनी कप महिला फुटबल : एपिएफको सहज जित

विभागीय सशस्त्र प्रहरीको एपिएफ टोलीले लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा कर्णाली प्रदेश फुटबल संघलाई ६-० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। 

कर्णालीविरुद्ध सहज जित निकालेको एपिएफका लागि रश्मिकुमारी घिसिङ, रेनुका नगरकोटे, गीता राना, अनिता केसी र सविता रानामगरले समान एक/एक गोल गरेका थिए। कर्णालीका खेलाडीले आत्मघाती एक गोल गरेपछि एपिएफ ६-० ले विजयी भयो। 

नेपालगन्ज रंगशालामा सोमबार भएको खेलमा एपिएफका खेलाडी रेनुका नगरकोटे ‘प्लेयर अफ द म्याच’ घोषित भइन्। कर्णालीसँग सोमबार एपिएफबाट राष्ट्रिय टोलीका नौ खेलाडीले खेलेका थिए। त्रिभुवन आर्मी क्लब छाडेर एपिएफ पुगेकी गोलकिपर अञ्जना रानामगरले लुम्बिनी कपमा डेब्यु गरेकी छन्। 

खेलको दोस्रो हाफमा भने सावित्री किशन गोलकिपरको भूमिकामा थिइन्। आयोजक अन्तरालका अनुसार प्रतियोगितामा मंगलबारबाट सेमिफाइनल खेल हुनेछन्।

पहिलो सेमिफाइनलमा मंगलबार दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ। यसै गरी दोस्रो सेमिफाइनल खेलमा बुधबार रौतहट जिल्ला फुटबल संघ र एपिएफबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। 

प्रकाशित: ९ वैशाख २०८२ ०७:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App