इन्डियन प्रिमियर लिग (आईपीएल) मा पञ्जाव किङ्स र रोएल च्यालेन्जर्स बेंगलुरुबीच प्रतिस्पर्धा हुँदैछ ।
मुल्लानपुरमा टस जितेर बेंगलुरुले पहिला बलिङ रोजेको छ । नेपाली समयअनुसार अहिले पौने ४ बजे सुरु हुने खेलमा पञ्जाव पहिला ब्याटिङमा उत्रनेछ ।
श्रेयस ऐरको कप्तानीमा रहेको पञ्जाव यो सिजन फर्ममा देखिएको छ । ७ खेलबाट १० अंक भएको पञ्जाव बेंगलुरुविरुद्ध जित निकाल्दै यो सिजनमा पहिलो पटक शीर्ष स्थानमा उक्लने योजनामा हुनेछ ।
८ अंकमा पाँचौ स्थानमा रहेको बेंगलुरु पनि पञ्जावविरुद्ध जित निकाल्दै शीर्ष चार भित्र स्थान बनाउने दाउमा छ । पञ्जावविरुद्ध फराकिलो जितले बेंगलुरुलाई शीर्ष स्थानमा पुर्याउनेछ । साँधुरो जितले पनि कम्तीमा दुई स्थान सुधार गर्नेछ ।
प्रकाशित: ७ वैशाख २०८२ १५:३४ आइतबार





