आइपीएल २०२५ मा हिजो (शनिबार) दुई खेल सम्पन्न भए। पहिलो खेलमा गुजरात टाइटन्सले दिल्ली क्यापिटल्सलाई ७ विकेटले पराजित गर्यो। दिल्लीले ८ विकेट गुमाएर २०३ रन बनाएको थियो।
गुजरातले २० ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। दोस्रो खेलमा लखनउ सुपरजायन्ट्सले राजस्थान रोयल्सलाई २ रनले हरायो। लखनउले ५ विकेट गुमाएर १८० रन बनाएको थियो। जवाफमा राजस्थानले ५ विकेट गुमाएर १७८ रन मात्र बनायो।
दिल्लीका लागि अक्षर पटेलले ३९, आशुतोष शर्माले ३७ र करुण नायरले ३१ रन बनाए। गुजरातका प्रसिद्ध कृष्णले सर्वाधिक ४ विकेट लिए। जोस बटलरको ९७ रनको योगदानले गुजरात टाइटन्सलाई आइपीएलमा आफ्नो सर्वाधिक रन–चेज गर्ने लक्ष्यमा पुग्यो। दिल्ली क्यापिटल्सविरुद्ध कुनै पनि टोलीले गरेको सबैभन्दा ठूलो रन चेज हो।
उता, लखनऊका एडेन मार्क्रम र आयुष बदोनी दुवैले अर्धशतक प्रहार गरेका थिए। राजस्थानका भानिन्दु हसरंगाले २ विकेट लिए। यशस्वी जैसवालले ७४ र रियान परागले ३९ रन बनाए। लखनउका आवेश खानले ३ विकेट लिए।
आइतबार (आज) आइपीएलमा दुई खेल हुँदैछन्। पहिलो खेल पञ्जाबस्थित महाराजा यादवविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पञ्जाब र बेंगलुरुबीच अपराह्न पौने चार बजे खेलिनेछ। दोस्रो खेल मुम्बईस्थित वानखेडे रंगशालामा मुम्बई र चेन्नईबीच बेलुका पौने ८ बजे हुनेछ।
प्रकाशित: ७ वैशाख २०८२ ०७:२८ आइतबार





