२४ मंसिर २०८२ बुधबार
image/svg+xml
खेल

आइसिसी यू-१९ विश्वकप एसिया छनोट : अफगानिस्तानसँगको जित-हारले के हुन्छ नेपालको यात्रा ?

घरेलु मैदानमा जारी आइसिसी यू-१९ विश्वकप एसिया छनोटको महत्त्वपूर्ण खेलमा नेपालले शनिबार बलियो प्रतिद्वन्द्वी अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । विश्वकप यात्राको मुखैमा रहेका दुवै टोली एकअर्काविरुद्ध जित निकाल्दै विश्वकपमा स्थान सुरक्षित गर्ने योजनामा छन् । यू-१९ विश्वकप क्रिकेट सन् २०२६ को जनवरी फेब्रुअरीमा जिम्बाबे र नामिबियामा हुनेछ ।

दुवैले असअघिका तीनै खेलमा जित निकालेका छन् । यूएई, हङ्कङ र ओमान नेपाल र अफगानिस्तानसँग पराजित भएका हुन् । शनिबार हुने नेपाल र अफगानिस्तानबीचको खेलको विजेताले अब विश्वकपमा स्थान पक्का गर्नेछ ।

नेपाल लगातार दोस्रो पटक विश्वकपमा आफ्नो उपस्थिति जनाउने योजनामा छ । अघिल्लो पटक निर्णायक खेलमा नेपालसँग नै पराजित भएको थियो । सोही हारले विश्वकपमा पुग्न नसकेको टेस्ट राष्ट्र अफगानिस्तान यो पटक भने नेपाललाई रोक्दै विश्वकपमा टिकट सुनिश्चित गर्ने दाउमा हुनेछ ।

अफगानिस्तानसँग यसअघि भएका १९ भेटमा नेपालले मात्र ७ खेल आफ्नो पक्षमा पार्न सकेको थियो । विश्वकपको छनोट चरण सुरु हुनुपूर्व मूलपानीमा भएको तीन खेलको शृङ्खला पनि अफगानिस्तानले २-१ ले जितेका थियो ।

यसअघिका तीनै खेलमा जित निकालेको तथा घरेलु मैदान र दर्शकको टिममा सबैको मनोबल उच्च रहेको दाबी गरे । प्रशिक्षक शक्ति गौचनले अफगानिस्तान बलियो टोली भएर पनि हराउन सक्ने क्षमता नेपाली खेलाडीमा रहेको दाबी गरे ।

पछिल्लो समय काठमाडौंमा दैनिकजसो पानी परिरहेकाले वर्षाले खेल हुन नसके वा डिएल पद्धति प्रयोग गर्न मिल्ने अवस्थामा खेल नपुगे खेल बराबरीमा सकिनेछ र रनरेटका आधारमा अफगानिस्तान विश्वकपमा छनोट हुनेछ । त्यसैले विश्वकपमा छनोट हुन शनिबार पूरा खेल हुनु पर्नेछ र नेपालले खेल आफ्नो पक्षमा पार्नु पर्नेछ ।

प्रकाशित: ५ वैशाख २०८२ १७:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App