१६ माघ २०८२ शुक्रबार
image/svg+xml
खेल

आईपीएलः मुम्बई र हैदरावादबीच प्रतिस्पर्धा हुँदै, बुमराह फर्किए

इन्डियन प्रिमियर लिग (आईपीएल)मा बिहीबार मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार राति ७ः४५ बजे वाङ्खडेमा सुरु हुनेछ । 

जारी सिजन समान ६ खेल खेलेका दुवै टोली प्लेअफमा स्थान बनाउन संघर्षरत छन् । बलर जस्प्रित बुमराह टोलीमा फर्केपछि मुम्बई केही हौसिएको छ ।  

हार्दिक पाण्डेयको कप्तानीमा रहेको मुम्बई र प्याट क्युमिन्सको नेतृत्वमा रहेको हैदरावाले जारी सिजन समान २ खेलमा जित र चार खेलमा हार भोगेका छन् । समान ४ अंक भएपनि रनरेटका आधारमा मुम्बई सातौं र हैदरावाद नवौं स्थानमा छ ।  

बिहीबारको खेलमा जित निकाल्न सके मुम्बईले कोलकात्ता नाइट राइडर्ससँग अंक बराबरी गर्नेछ । जितले हैदरावाले भने कम्तीमा दुई स्थान सुधार गर्नेछ ।  

६ खेलको समाप्तिमा १० अंकसहित देल्ली क्यापिटल्स शीर्ष र ८ अंक भएका गुजरात टाइटन्स, रोएल च्यालेन्जर्स बेंगलुरु, पञ्जाव किङ्स र लखनउ सुपर जाइन्स रनरेटका आधारमा क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौ स्थानमा छन् ।  

कोलकात्ताको ६ अंक छ भने समान चार अंक भएका राजस्थान रोएल्स रनरेटमा आठौं र महेन्द्र सिंह धोनीको चेन्नई सुपर किङ्स तालिकाको पुछारमा छन् ।

प्रकाशित: ४ वैशाख २०८२ १५:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App